scheduleशनिवार कार्तिक ३० गते, २०७६

उत्तरी सिरियामा पुनः हमला गर्ने टर्कीको चेतावनी, के गर्लान् ट्रम्पले ?

एजेन्सी, ५ कात्तिक । राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीविरुद्ध सैन्य कारबाही गर्न पूर्णरुपमा तयार रहेको अमेरिकी विदेशमन्त्रीले बताएका छन् ।
विदेशमन्त्री माइक पोम्पेओले सोमबार सिएनबिसीसँग कुराकानी गर्दै ट्रम्पले टर्कीविरुद्ध सैन्य कारबाही गर्न सक्ने बताएका हुन् । आवश्यक परेमा अमेरिकाले टर्कीविरुद्ध सैन्य कारबाही गर्न सक्ने तर आफूहरुले कुटनीतिलाई नै प्राथमिकतामा राखेको पोम्पेओको भनाइ थियो ।
‘अमेरिकाले युद्ध होइन, शान्ति चाहन्छ’, पोम्पेओले भने । शान्तिका लागि पहिला आर्थिक र कुटनीटिक उपाय अपनाउने र यस्तो प्रयास असफल भएमात्रै सैन्य उपाय अपनाउने उनले बताए ।
पछिल्लो समय अमेरिका र टर्कीबीच तनाव चर्कदै गएको छ । विशेषगरी उत्तरी सिरियामा कुर्दिश लडाकुविरुद्ध टर्कीले सुरु गरेको सैन्य कारबाहीपछि तनाव बढेको हो ।
इस्लामिक लडाकुविरुद्धको कारबाहीमा अमेरिकी सेनालाई सहयोग गरेका कुर्दिश लडाकुलाई टर्कीले निशाना बनाएपछि अमेरिका रुष्ट बनेको छ । यसै क्रममा अमेरिकाले टर्कीविरुद्ध केही प्रतिबन्ध समेत लगाइसकेको छ ।
अमेरिकासहित विभिन्न शक्तिराष्ट्रले उत्तरी सिरियामा गरेको हमलाको विरोध गरेपछि टर्कीले ५ दिनका लागि उक्त क्षेत्रमा युद्धविराम समेत गरेको छ । युद्धविराम आज सकिँदै छ ।
सोमबार टर्कीका राष्ट्रपति रिसेप ताइप एर्दोगानले अमेरिकाले आफ्नो प्रतिबद्धता पूरा नगरे उत्तरी सिरियामा पुन : हमला गर्ने चेतावनी समेत दिइसकेका छन् ।
टर्कीले हमला गर्ने चेतावनी दिएपछि उत्तरी सिरियामा केही सेना परिचालन गर्ने अमेरिकाले बताएको छ । तेल खानीको सुरक्षा गर्न केही मात्रामा उक्त क्षेत्रमा अमेरिकी सेनाको उपस्थिति हुने अमेरिकी अधिकारीले जनाएका छन् ।
यता सिरियामा उत्पन्न पछिल्लो घटनाबारे छलफल गर्न एर्दोगानको भ्रमण गर्दैछन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र एर्दोगानबीच यसबारे छलफल हुने बताइएको छ ।
टर्कीले सिरियाको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि आँच आउने कुनै पनि कार्य गर्न नहुने रुसको तर्क छ । युद्धग्रस्त उत्तरी सिरिया र टर्कीसँगको सीमावर्ती क्षेत्रमा सिरियाली सेना परिचालन गर्नुपर्ने रुसले बताउँदै आएको छ ।
सिरियाली राष्ट्रपति बसर अल असदलाई सहयोग गर्दै आएको इरानले समेत रुसका जस्तै अडान लिँदै आएको छ ।
IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage