scheduleआइतवार मंसिर १ गते, २०७६

मोदी र नोबेल पुरस्कार विजेता बनर्जीबीच भेट, के भने मोदीले ?

काठमाडौं, ५ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थशास्त्री तथा नोबेल पुरस्कार विजेता अभिजित बनर्जीबीच भेट भएको छ ।

मंगलबार मोदी र बनर्जीबीच दिल्लीमा भेटवार्ता भएको हो । भेटवार्तामा दुबै जनाले एकअर्काको खुलेर प्रशंसा समेत गरेका छन् । भारतबारे मोदीको धारणा र सोच मौलिक भएको भन्दै बनर्जीले प्रधानमन्त्रीको प्रशंसा गरेका हुन् । त्यस्तै मोदीले समेत मानव हितका लागि बनर्जीले गरेको कार्य र उपलब्धिको प्रशंसा गरेका छन् ।

‘नोबेल पुरस्कार विजेता अभिजित बनर्जीसँग महत्वपूर्ण भेट भयो । हामीले विभिन्न विषयमा सौहार्द र वृहत् कुराकानी गर्‍यौं । मानव सशक्तिकरणप्रति उहाँको रुचि प्रस्ट देखेँ’, मोदीले आफ्नो ट्विटमा लेखेका छन्, ‘सारा भारतले उहाँले हासिल गरेको उपलब्धिबाट गर्व गरेको छ, आगामी दिनमा थप सफलताको शुभकामना ।’

बनर्जीले समेत मोदीको प्रशंसा गरेका छन् । भारतबारे मोदीको विचार मौलिक रहेको भन्दै उनले प्रधानमन्त्रीको प्रशंसा गरेका हुन् ।

‘हामीले नीतिबारे मात्रै थाहा पाउँछौं तर नीति पछाडिको विचारबारे त्यति थाहा पाउँदैनौं’, बनर्जीले भनेका छन्, ‘मोदीले सुशासनबारे विशेष कुरा गर्नुभयो र सुशासनलाई आम नागरिकको अविश्वासले प्रभाव पार्ने कुरा भन्नुभयो । उहाँको कुराबाट जवाफदेही सरकारको ठाउँमा संभ्रान्त वर्गले राज्यशक्तिमाथि कसरी नियन्त्रण गर्छन् भन्ने प्रस्ट हुन्थ्यो।’

मोदीले बनर्जीसँगको भेटमा कर्मचारीतन्त्रमा सुधार गरी थप उत्तरदायी बनाउन लागिरहेको समेत बताएका थिए ।

बनर्जीले नोबेल पुरस्कार पाएपछि यसबारे भारतभर चर्चा भइरहेको छ । सत्तारुढ भारतीय जनतापार्टीका एक नेताले बनर्जीको विचार बामपन्थीसँग मिल्ने र भारतका लागि अनुपयुक्त हुने टिप्पणी गरेका थिए । यही भएर मोदी र उनीबीचको भेटलाई चासोका साथ हेरिएको  छ ।

बनर्जी, उनकी श्रीमित एस्थर डुफ्लो र माइकल क्रेमरलाई यस वर्ष अर्थशास्त्रतर्फको पुरस्कार प्रदान गरिएको छ । वैश्विक गरिबी निवारणका लागि नयाँ खोज र अनुसन्धान गरे वापत तीनै जनालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage