scheduleशनिवार कार्तिक ३० गते, २०७६

नालामा डुबेर बस्नेको मृत्यु

इटहरी, ५ कात्तिक । इटहरीमा एकजनाको डुबेर मृत्यु भएको छ । इटहरी २० तरहराको निर्माणाधिन ६ लेन सडकमा डुबेर मंगलबार ४ बजे एकजनाको मृत्यु भएको तरहरा प्रहरी चौकीले जानकारी दिएको छ ।

तरहरा प्रहरी चौकीका अनुसार यहाँको हाँसपोसा सामुदायिक बन पछाडी बसोबास गर्दै आएका ९० बर्षीय झपड बहादुर बस्नेको डुबेर मृत्यु भएको हो । तरहराको क्षेत्रीय कृषि अनुसन्धानमा घाँस काट्न जाँदा लडेर ६ लेन सडकको नालामा डुबेर उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनको शब पोष्र्टमार्टमका लागि लैजाने तयारी भएको प्रहरीले जनाएको छ । ६ लेन सडकमा पानी जमेका कारण यसअघि पनि खनारमा एक बालकको शब फेला परेको थियो । रासस

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage