scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

५ वर्षभित्र चीन सबैभन्दा धनी मुलुक बन्दै, भारतले अमेरिकालाई उछिन्ने

एजेन्सी, ५ कात्तिक । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२४ सम्ममा चीन सबैभन्दा धनी राष्ट्र बन्ने प्रक्षेपण गरेको छ ।

गत हप्ता आईएमएफले सन् २०१९ मा विश्वभरको आर्थिक वृद्धिदर ३ प्रतिशतको हाराहारीमा झर्ने बताएको थियो । कोषको प्रतिवेदन अनुसार आगामी ५ वर्षभित्र चीनको आर्थिक वृद्धिदर घट्ने भएपनि विश्व अर्थव्यवस्थामा सबैभन्दा बढी देन चीनको हुने छ ।

आगामी ५ वर्षमा विश्व अर्थव्यवस्थामा सबैभन्दा बढी देन चीनको हुने छ । सन् २०१८-१९ मा विश्वव्यापी जिडिपीमा चीनको देन ३२.७ रहेको छ । सन २०२४ सम्ममा यो दर घटेर २८.३ प्रतिशत पुग्ने आईएमएफले जनाएको छ । विश्वव्यापी जिडिपी घटेपनि चीन विश्वकै धनी मुलुक बन्ने अनुमान गरिएको छ ।

सन् २०२४ सम्ममा अमेरिकाको विश्वव्यापी आर्थिक वृद्धिदर  १३.८ प्रतिशतबाट घटेर ९.२ प्रतिशत हुने आईएमएफले बताएको छ । आर्थिक वृद्धिदर घटेसँगै अमेरिका सबैभन्दा धनी मुलुकको सूचीमा तेस्रो नम्बरमा पुग्ने छ ।

यता भारतको विश्वव्यापी आर्थिक वृद्धिदर बढेर १५.५ प्रतिशत हुने अनुमान गरिएको छ । योसँगै भारतले अमेरिकालाई पछि पार्दै विश्व अर्थव्यवस्थामा सबैभन्दा बढी देन गर्ने मुलुकको सूचीमा दोस्रो नम्बरमा पर्ने छ ।

आईएमएफका अनुसार सन् २००८ को आर्थिक मन्दीपछि हाल विश्वको आर्थिक वृद्धिदर सबैभन्दा कम छ ।

यता एसियाको अर्को मुलुक इन्डोनेसिया सबैभन्दा धनी मुलुकको सूचीमा चौथो नम्बरमा आउने छ । यस अवधिमा उक्त देशको आर्थिक वृद्धिदर ३.७ प्रतिशतले बढ्ने आईएमएफले जनाएको हो ।

त्यस्तै जापान रुसभन्दा पछि पर्ने आंकलन गरिएको छ । सन् २०२४ सम्म रुस पाँचौ धनी मुलुक बन्ने छ भने जापान नवौ स्थानमा रहने आईएमएफको भनाइ छ । छैटो स्थानमा भने ब्राजिल हुने छ ।

साथै यस अवधिमा विश्वका सबैभन्दा धनी २० मुलुकमा टर्की, मेक्सिको, पाकिस्तान र साउदी अरब समेत सामेल हुनेछन् । तर पोल्याण्ड, क्यानडा र भियतनाम भने जी-२० को सूचीबाट हट्ने अनुमान गरिएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage