scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

धनीको संख्यामा चीनले अमेरिकालाई उछिन्यो


लन्डन, ५ असोज । एक नयाँ अध्ययनले धनीको संख्यामा चीनले अमेरिकालाई पछि पारेको पाइएको छ । शीर्ष धनी १० प्रतिशतमा पहिलोपटक अमेरिकी भन्दा चिनियाँको संख्यामा बढी पाइएको हो ।

क्रेडिट स्वीसले सार्वजनिक गरेको प्रतिवेदनमा विश्वका शीर्ष १० प्रतिशत धनीमा चीनमा मात्रै १० करोड रहेका सार्वजनिक गरिएको छ । यो वृत्तमा अमेरिकामा ९ करोड ९० लाख रहेका छन् । उक्त प्रतिवेदनमा चीनमा धनको मात्रामा वृद्धि भइरहेको देखाइएको छ ।

यद्यपि, मिलिनियरको (१० लाख भन्दा माथि) मामिलामा अझैपनि अमेरिका शीर्ष स्थानमा रहेको छ । यस्तो संख्यामा अमेरिकामा १ करोड ४६ लाख छ । यो संख्या विश्वको सबै मिलिनियरको ४० प्रतिशत हो । चीनमा ४४ लाख मात्रै मिलिनियर रहेका छन् ।

उक्त प्रतिवेदनमा औसत अमेरिकी चिनियाँ समकक्षिको तुलनामा धनी रहँदै आएका उल्लेख गरिएको छ । एक औसत वयष्क अमेरिकीको सम्पत्ति ४ लाख ३२ हजार ३६५ डलर रहेको छ भने चिनियाँको ५८ हजार ५४४ डलर मात्रै रहेको छ ।

यी सबै तथ्यांकहरुको ग्राफमा चीन तीव्ररुपमा उकालो चढिरहेको देखिन्छ । यो गतिले विश्वव्यापी सम्पत्ति वृद्धिको प्रमुख इन्जिनमा युरोपलाई विस्थापित गर्न थालेको छ । देशको अर्थतन्त्रमा प्रभाव पार्ने व्यापार युद्धका बावजुद चिनियाँको सम्पत्तिमा वृद्धि भइरहेको छ ।

प्रतिवेदनमा विश्वको सम्पत्ति सीमित व्यक्तिहरुमा थुप्रिन थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ । पुछारमा रहेका ५० प्रतिशत वयष्कको सम्पत्ति कुल सम्पत्तिको १ प्रतिशत भन्दा पनि कम रहेको छ । शीर्ष १० प्रतिशतले ८२ प्रतिशत सम्पत्ति ओगटेका छन् ।

क्रेडिट स्वीसका अनुसार शीर्ष १ प्रतिशतमा रहेकाले मात्रै पनि विश्वव्यापी सम्पत्तिको झन्डै आधा हिस्सा ओगटेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage