scheduleमगलवार मंसिर ३ गते, २०७६

साँच्चै फन्टाष्टिक छ फ्रान्स, यी १० तथ्यले तपाईंलाई अचम्मित बनाउँछ !

एजेन्सी । फ्रान्स युरोप मात्रै नभएर विश्वकै एक शक्तिशाली राष्ट्र हो । फ्रान्सको बारेमा सामान्य जानकारी त हामी सबैलाई छ नै । तर, के तपाईं फ्रान्सबारे यस्ता तथ्यहरु जान्नुहुन्छ ? जुन साँच्चै अचम्मित पार्ने खालका छन् ।

आउनुस्, हामी तपाईंलाई फ्रान्सका अनौठा १० तथ्यबारे जानकारी दिन्छौँ ।

फ्रान्सेलीहरुलाई चिप्लेकिरा यति मिठो लाग्छ कि त्यसको कुनै सीमा नै छैन । फ्रान्समा बर्सेनि करिब ३० हजार टन चिप्लेकिरा खपत हुन्छ । त्यसको एक तिहाई फ्रान्समा नै उत्पादन हुन्छ भने बाँकी दुई तिहाई बाहिरबाट आयात गरिन्छ ।

एकमात्र बस स्टप साइन
फ्रान्सको राजधानी पेरिसमा बस स्टप साइन एकमात्र छ । यहाँ सवारीहरु प्राथमिकताको आधारमा चल्छन् । चोक पार गर्ने क्रममा जुन गाडी दायाँबाट आएको हुन्छ, उसले पहिले मौका पाउँछ ।

बगेटको रेसिपी
फ्रान्सको स्पेशल बगेट ब्रेड निकै नै खास रेसिपीबाट बन्छ । यसमा गहुँको पिठो, Yeast र नुनबाहेक केही मिसाइएको हुँदैन ।

ढाल्नु पर्ने थियो आइफिल टावर
फ्रान्सको पहिचान नै बनेको आइफिल टावर सन १८८९ मा गुस्ताव आइफिलले बनाएका थिए । फ्रान्सेली क्रान्तिको सम्झनामा यो टावर बनाइएको हो । टावर बनाउँदा २० वर्षपछि यसलाई भत्काउने योजना थियो । तर, यसको लोकप्रियता निकै बढेपछि ढालिएन । जुन आजसम्म पनि छ ।

सबैभन्दा छोटो सडक
पेरिसमा एक सडक छ, जसको नाम ‘रुए दि डेगरेस’ हो । यसको लम्बाइ कुल ५.७५ मिटरमात्रै छ । सम्भवत: यो नै विश्वको सबैभन्दा छोटो सडक हो ।

किस गर्न प्रतिबन्ध
फ्रान्सको पेरोन स्टेशनमा किस गर्न प्रतिबन्ध छ । यात्रुहरु आफूलाई विदाइ गर्न आएका व्यक्तिसँग छुट्नुअघि लामो समयसम्म किस गर्न थाल्ने गर्थे, जसका कारण रेल छुट्न नै ढिला हुन्थ्यो । सोही कारण सन १९१० देखि नै यहाँ किस गर्न प्रतिबन्ध लगाइएको हो ।

सबैभन्दा बढी नोवेल विजेता
फ्रान्सका १५ लेखकले साहित्यतर्फको नोवेल पुरस्कार जितिसकेका छन् । यो अन्य कुनै पनि देशको तुलनामा सबैभन्दा धेरै हो । यसपछि ब्रिटेन र अमेरिकाका १०-१० लेखकले नोवेल पुरस्कार जितेका छन् ।

सबैभन्दा लोकप्रिय म्यूजियम
मोनालिसाको घर लूव्र म्यूजियम संसारकै सबैभन्दा लोकप्रिय म्यूजियम मानिन्छ । यहाँ बर्सेनि सबैभन्दा धेरै पर्यटक पुग्छन् । सन २०१५ मा यो संख्या ८७ लाख थियो ।

फ्रेन्चको जादू
इंग्लिशको जननी नै मानिने बेलायतमा पनि कुनै समय राष्ट्रभाषा फ्रेन्च थियो । सन १०६६ देखि १३६२ सम्म बेलायतको राष्ट्रभाषा नै फ्रेन्च रहेको इतिहास छ । अहिले विश्वभर अंग्रेजीले हस्तक्षेपकारी उपस्थिति जनाएपनि फ्रान्समा फ्रेन्चको जादू कायमै छ ।

मुर्दासँग विवाह
फ्रान्समा यस्तो व्यक्तिसँग पनि विवाह गर्ने इजाजत छ, जो पहिले नै मरिसकेको होस् । फ्रान्सेली कानुनले मरणोपरान्त विवाहका लागि अनुमति दिएको छ । त्यसका लागि मर्ने व्यक्ति आफूसँग विवाह गर्न चाहन्थ्यो भन्ने कुराको पुष्टि भने गर्नुपर्छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage