scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

एटलान्टाविरुद्ध म्यानचेस्टर सिटीले गर्यो गोलको वर्षात्

काठमाडौँ, ६ कात्तिक । मंगलबार राति भएको च्याम्पियन्स लिग खेलमा म्यानचेस्टर सिटीले एटलान्टालाई ५–१ गोलले पराजित गरेको छ । म्यानसिटीले प्रभावशाली जित कायमै राख्दै अपराजित यात्रालाई पनि कायम राख्न सफल भएको छ ।

म्यानसिटीलाई जित दिलाउन रहिम स्टर्लिङले ह्याट्रिक गर्न सफल रहे ।

तर, खेलमा अग्रता एटलान्टाले २८ औ मिनेटमा रुस्लान मिलिनोवस्कीको गोलमार्फत लिएको थियो ।
म्यानसिटीका लागि खेलको ३४ औ मिनेटमा अग्युरोले बराबरी गोल फर्काए ।

खेलको ३८ औँ मिनेटमा अग्युरोले दोस्रो गोल गरे । त्यसपछि खेलमा चम्किए रहिम स्टर्लिङ ।

खेलको ५८ औ मिनेटमा स्टर्लिङले गोल गरे ।

खेलको ६४ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे भने खेलको ६९ औ मिनेटमा ह्याट्रिक गरे ।

खेलको ८२ औ मिनेटमा फोडिन रातो कार्ड खाए । १० जना खेलाडीमा सिमित म्यानसिटीले एटलान्टामाथि दबाब राखिराख्न भने सफल रह्यो ।

समूह सी मा म्यानसिटी ९ अंककासथा शिर्षस्थानमा रहेको छ । एटलान्टा अंक विहिन छ ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage