scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं, ६ कात्तिक । सात दिने विदेश भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छन् ।

राष्ट्रपति भण्डारी बुधबार बिहान टोकियोको हानेबा विमानस्थलबाट स्वदेश फिर्ता भएकी हुन् । जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई आज बिहान स्वदेश फर्किएकी छिन्  ।

भण्डारीलाई हानेबा विमानस्थलमा जापानी विदेशमन्त्रीका विशेष सहायक मासासी ओगावा, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा जापानस्थित नेपाली दूतावासका अधिकारीहरुले बिदाइ गरेका थिए ।

गत बुधबार राष्ट्रपति भण्डारी राजकीय भ्रमणका लागि म्यानमार प्रस्थान गरेकी थिइन् । उनले म्यानमारका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गरेकी हुन् ।

म्यानमारको भ्रमणपछि भण्डारीले जापानको ३ दिने औपचारिक भ्रमण गरेकी थिइन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage