scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

सीमामा तनाव बढ्दै गएपछि भारतले पठाएको मिठाई उपहार पाकिस्तानीले फिर्ता गर्‍यो

एजेन्सी, ६ कात्तिक । सीमामा युद्ध विराम भंग गरेको दोष एक अर्कालाई लगाएपछि भारत र पाकिस्तानबीच तनाव चर्किएको छ ।

तनाव बढ्दै गएपछि हरेक वर्ष दिपावलीको अवसर पारी सीमामा मिठाई साटासाट गर्ने काम यस पटक हुन नसकेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

दिपावली सुरु हुनुपूर्व नै सीमाको माहौल तनावपूर्ण बनेपछि मिठाई साटासाट गर्ने परम्परा समेत प्रभावित बनेको हो । इस्लामावादस्थित भारतीय उच्चायुक्तले दिपावलीको अवसरमा पठाएको मिठाई पाकिस्तानले अस्वीकार गरेको भारतीय समाचार माध्यमले बताएका छन् ।

पाकिस्तानको खुफिया एजेन्सी आईएसआईले भारतीय उच्चायुक्त पठाएको मिठाई फिर्ता गरेको बताइएको छ ।

त्यस्तै सीमामा रहेका भारतीय सेनाले पठाएको मिठाई समेत पाकिस्तानी सेनाले अस्वीकार गरेका छन् । दिपावलीको पूर्वसन्ध्यामा सीमामा दुबै पक्षबीच हानाहान भएपछि पाकिस्तानी सेनाले भारतले पठाएको मिठाई उपहार नदिएको जनाइएको छ ।

जम्मू-कश्मीरबाट अनुच्छेद ३७० खारेज गरेपछि भारत र पाकिस्तानबीच विवाद चर्कँदै गएको छ । यसै हप्ता दुबै पक्षबीच सीमामा गोली हानाहान हुँदा २ जना भारतीय जवान र १ जना नागरिकको ज्यान गएको थियो ।

यता दिपावलीको अवसरमा सीमामा कुनै अप्रिय क्रियाकलाप नगर्न आग्रह गरेको गरेको तर पाकिस्तानले युद्ध विराम भंग गरेपछि जवाफी कारबाही गरेको भारतीय सेनाले जनाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage