scheduleशुक्रवार मंसिर ६ गते, २०७६

प्रचण्ड, बाबुराम, विप्लवप्रति वैद्यको यस्तो छ निचोड

फाइल फोटो

प्यूठान, ६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले जनयुद्धमा सँगसँगै संघर्ष गरेका सारथी ढुलमुले, विजातीय र अस्पष्ट कार्यदिशा लिएर हिँडेको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) जिल्ला कमिटी प्यूठानले बुधबार नयाँ बजार जुम्रीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव वैद्यले यस्तो बताएका हुन् ।

जनयुद्धको नेतृत्व गरेका प्रचण्ड कहिले पुँजावादी जस्तो त कहिले कम्युनिष्ट जस्तो भनेर ढुलमुल गर्ने, बाबुराम भट्टराई कम्युनिष्ट विचार त्यागेर विजातीय बन्ने र विप्लवले अस्पष्ट कार्यदिशा लिएर एकीकृत जनक्रान्ति भन्दै हिँड्ने गलत काम गरेको उनले टिप्पणी गरे।

उनले प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव पार्टीले उपयोग गरे पनि सरकारको भण्डाफोर गर्न उपनिर्वाचनविरुद्ध वहिष्कारसहितको प्रचारात्मक कार्यक्रम गर्ने जानकारी  दिए।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage