scheduleसोमवार मंसिर २ गते, २०७६

म्युजियममा पनि ‘भाले’ नै बढी, वैज्ञानिक खोज र अनुसन्धानमा कस्तो असर पर्ला ?

काठमाडौं, ६ कात्तिक । लैङ्गिक विभेद र असमानताविरुद्धको आन्दोलन एक हदसम्म सफल भएको छ । तर कला, संस्कृति लगायतका क्षेत्रमा व्याप्त बिम्ब र प्रतिकले समानताका लागि अझै धेरै नै लड्नुपर्ने देखाउँछन् ।

यसको एउटा उदाहरण चराचुरुङ्गी र जनावर राखिने म्युजियमलाई लिन सकिन्छ । यो कुरा अनौठो लाग्ला । तर विभिन्न चराचुरुङ्गी र जनावरलाई सुरक्षितसाथ सजाएर राखिने संग्राहलयमा समेत लैङ्गिक विभेद छ ।

अर्थात् महिला मात्रै होइन, पोथी चरा र जनावार समेत विभेदमा परेका छन् । यो यथार्थलाई हालैको एक अध्ययनले समेत पुष्टि गर्छ ।

अनुसन्धानकर्ताको एक टोलीले विश्वका चर्चित ५ वटा संग्राहलयमा भाले र पोथीको अनुपात के कति छ भनेर अध्ययन गरेको थियो । उक्त अध्ययनबाट अधिकांश संग्राहलयमा भालेकै बाहुल्यता रहेको पत्ता लागेपछि अनुसन्धानकर्ता समेत चकित परेका थिए ।

अध्ययनमा लण्डनस्थित नेचरल हिस्ट्री म्युजियम, वाशिङ्टनस्थित स्मिथसोनियन नेशनल म्युजियम अफ नेचरल हिस्ट्री, सिकागोस्थित फिल्ड म्युजियम, न्युयोर्कस्थित अमेरिकन म्युजियम अफ नेचरल हिस्ट्री र फ्रान्सको नेशनल म्युजियम अफ नेचरल हिस्ट्रीलाई समेटिएको थियो ।

यी ५ वटा संग्राहलयमा सन् १७५१ देखि सन् २०१८ सम्म संकलन गरिएका विभिन्न प्रजातिका चराचुरुङ्गी र जनावर हेर्दा अधिकांश भाले नै थिए । संग्राहलयमा राखिएका चराचुरुङ्गीमध्ये भाले चराको संख्या ६० प्रतिशत रहेको पाइएको थियो । जबकि पोथी चराको संख्या ४० प्रतिशत थियो । त्यस्तै संग्राहलयमा राखिएका स्तनधारी जनावरमध्ये ५२ भाले नै थिए ।

यता रिफेरेन्सका लागि राखिएका महत्वपूर्ण चरा र जनावरमा समेत भालेको संख्या नै हाबी थियो । रिफेरेन्सका लागि राखिएका चराचुरुङ्गीमध्ये पोथी चराको संख्या २७ प्रतिशत र स्तनधारी पोथीको संख्या ३९ प्रतिशत मात्रै थियो ।

भाले मयुरको सुन्दर पुच्छर, भाले हरिणको आकर्षक सिङ्ग वा भाले सिंहको लोभलाग्दो यालले मानिसको ध्यान तान्न सक्छ भनेर यस्तो गरिएको पनि हुन सक्छ । तर संग्राहलय जस्तो स्थानमा पोथी चरा वा जनावरको प्रतिनिधित्व कम हुनु भावी पुस्ताका लागि नराम्रो कुरा हो ।

पोथीको प्रतिनिधित्व कम हुँदा विज्ञान र भावी वैज्ञानिक अनुसन्धानलाई नै अधुरो बनाउन सक्ने अनुसन्धानकर्ताको निष्कर्ष छ । संग्राहलयमा पर्याप्त संख्यामा पोथीको प्रतिनिधित्व नहुँदा पोथीलाई कुन प्रजातिमा राख्ने भन्ने समस्या आउन सक्ने उनीहरुको गुनासो छ ।

प्रोसिडिङ अफ द रोयल साइन्स नामक जर्नलमा प्रकाशित एक आलेखमा भाले-पोथीको अनुपात समान गर्नुपर्ने उल्लेख गरिएको छ । यो विषयलाई तत्काल सम्बोधन नगरे भावी पुस्तालाई अन्याय हुने अनुसन्धानकर्ताको तर्क छ ।

अनुसन्धानमा सहभागी डा. नाटाली कुपर भन्छिन्- ‘पहिलादेखि नै आकर्षक भुत्ला भएको भालु वा लोभलाग्दो सिङ्ग भएको जनावरलाई संकलन गर्ने प्रवृत्ति देखिन्छ ।’ झण्डै ३ सय वर्षसम्म संग्राहलयका लागि संकलन गरिएका नमूनामा पनि भालेलाई नै प्राथमिकतामा राख्नु गम्भीर कुरा भएको कुपरले बताइन् ।

‘अचम्म लाग्दो कुरा के छ भने पहिलादेखिनै भाले जातिलाई नै जोड दिने प्रवृत्ति हाबी छ, यसमा कुनै परिवर्तन आएको छैन’, कुपरले भनिन्, ‘हालै संकलन गरिएका नमूनामा समेत यस्तै पूर्वाग्रह देखिन्छ ।’

(डेलिमेलको सहयोगमा तयार पारिएको)

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage