scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

पशुपति आर्यघाटका घाट सेवाका कर्मचारीहरुको सेवा सुविधा थपिएपछि आन्दोलन रोकियो

काठमाडौं, ६ कात्तिक । पशुपति क्षेत्र विकास कोषले घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति गरेपछि कर्मचारीको आन्दोलन रोकिएको छ ।

घाट सेवा केन्द्रका कर्मचारीहरुले आफ्ना सेवा सुविधा बढाउने माग सम्बोधन नगरेको भन्दै बुधबार बिहान शव जगाउनेलगायतका काम ठप्प पारेपछि कोषले तत्काल सम्बन्धित पक्षसँग छलफल गरी उनीहरुको सेवा सुविधा बढाउने सहमति गरेको हो । घाट सेवा केन्द्रका कर्मचारीहरुसँग उनीहरुको सेवा सुविधा वृद्धि गर्ने विषयमा सहमति गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष दिनेशकुमार डंगोलको उपस्थितिमा गरिएको सहमतिमा घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाएको उल्लेख गर्दै त्यसलाई आजैका मितिबाट कार्यान्वयनमा लैजान लागिएको पनि कोषले जनाएको छ ।

सहमति अनुसार घाट सेवा केन्द्रका कर्मचारीहरुले अव एउटा शव जलाएवापत १५ सय रुपैयाँ पाउनेछन । पहिले १२ सय रुपैयाँ थियो । औषधि उपचार खर्च पाँच हजारबाट बढाएर १५ हजार पुर्‍याइएको छ । त्यसैगरी अवकाश पाउँदा उपदानवापत डेढ लाख पाउनेमा पाँच लाख पुर्‍याइएको छ ।

१० वर्ष काम गरेका घाट सेवाका कर्मचारीलाई अवकाशवापत ५० हजार दिँदै आएकोमा अव १ लाख ५० हजार पाउनेछन् । सदस्य सचिव ढकालले १० वर्षदेखि १५ वर्षसम्म काम गर्दै आएका घाट सेवाका कर्मचारीलाई अवकाशपछि पाउने उपदान एक लाखबाट बढाएर तीन लाख दिने सहमति गरिएको पनि बताए ।

त्यसैगरी १५ वर्ष बढी सेवा गरेका घाट सेवाका कर्मचारीले पाउने उपादान वापतको रकम १ लाख ५० हजारबाट बढाएर ५ लाख पुर्‍याउने सहमति पनि गरिएको छ ।

यता, घाट सेवाका कर्मचारीहरुले भने १५ वर्ष सेवा पूरा गरेका आफूहरुलाई पाँच लाख मात्रै उपदान दिने सहमति गरिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरुले कम्तिमा १० लाख उपादान दिने व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषसँग माग पनि गरेका थिए ।

यसैबीच, काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डंगोलले १५ वर्षभन्दा बढी काम गरेका घाट सेवाका कर्मचारीहरुलाई ५ लाख उपदान दिने सहमतिप्रति असन्तुष्टि जनाउँदै कम्तिमा १० लाख पुर्‍याउन आफूले पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह गृहको क्षमता विस्तार गर्ने योजना पनि अघि सारेको छ । शव दोहन गर्ने कार्यमा अवरोध आउन नदिन विद्युतीय शवदाह गृहको क्षमता विस्तार गर्न एउटा शव दोहन गर्ने मेसिन थप गर्न लागिएको कोषका सदस्य सचिव ढकालले बताए ।

हाल पशुपतिको विद्युतीय शवदाह गृहमा शव दोहनका लागि २ वटा मेसिन राखिएको छ । त्यसलाई थप गरेर तीन वटा बनाउने कोषको योजना छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage