scheduleशनिवार कार्तिक १५ गते, २०७७

मानव तस्करीको विभत्स दृश्य: ट्रकभित्र ३९ जनाको शव भेटियो, ड्राइभर पक्राउ

एजेन्सी, ६ कात्तिक । बुल्गेरियाबाट बेलायत प्रवेश गरेको एक मालबाहक ट्रक(लरी) भित्र ३९ जनाको शव फेला परेको छ ।

प्रहरीले बुधबार बिहान ट्रकको कन्टेनरभित्र  ३९ जनाको शव फेला पारेको हो । इङल्याण्डको एसेक्सबाट ती शव फेला पारिएको समाचारमा बताइएको छ । शवमध्ये एउटा शव किशोरको समेत रहेको प्रहरीले जनाएको छ ।

मृतकहरुको पहिचान हुन सकेको छैन । शवको पहिचान हुन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

उक्त ट्रक बुल्गेरियाबाट बेलायत आएको अनुमान गरिएको छ । हाल उक्त ट्रकका ड्राइभरलाई हत्याको आरोपमा प्रहरीले  पक्राउ गरेको छ । पक्राउ परेका ड्राइभर उत्तरी आयरल्याण्डका बासिन्दा भएको समाचारमा जनाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हाल मृतकहरु कहाँबाट बेलायत आएका थिए र कुन मार्ग हुँदै आएका थिए भनेर अनुसन्धान भइरहेको छ ।

मालबाहक ट्रकभित्र ३९ जनाको शव भेट्टिएपछि बेलायत नै स्तब्ध बनेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले उक्त घटनाबाट आफू निकै दु:खी र स्तब्ध भएको बताएका छन् । उनले शोकाकुल परिवारप्रति समवेदना समेत प्रकट गरेका छन् ।

‘मानव बेचबिखन नीच र खतरनाक व्यावसाय हो’, एकजना स्थानीय सांसदले भने, ‘कनटेनरभित्र ३९ जनाको शव भेट्टिएको सुन्दा निकै दुःखित भएको छ, अपराधीहरु पहिचा गरी कारबाही होस् भन्ने काम गर्छु ।’

मानव तस्करको जालोमा परेर ती मानिसले ज्यान गुमाएको हुन सक्ने बताइएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay