scheduleबिहिवार कार्तिक २८ गते, २०७६

वार्षिकोत्सवमा मनकामना केवलकारको बम्पर उपहार योजना


काठमाडौंं, ६ असोज । वार्षिकोत्सको अवसरमा मनकामना केवलकारले विभिन्न बम्पर उपहार योजना सार्वजनिक गरेको छ ।

२१औं वार्षिकोत्सवको अवसरमा कम्पनीले एक महिनासम्म लागू हुनेगरी केवलकार चढ्ने सेवाग्राहीका लागि विभिन्न उपहार पाउने योजना घोषणा गरेको हो । पहिलो उपहार ४३ इन्चको एलजी स्मार्ट टिभी, दोस्रो उपहार ३२ इन्चको स्मार्ट टिभी र तेस्रो पुरस्कार सामसङ मोबाइल रहेको कम्पनीका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए ।

मनकामना केवलकारमा २० वर्षमा डेढ करोड यात्रुले यात्रा गरिसकेका छन् । चितवन कोईका कर्मचारी, विदेशी नागरिक, स्थानीय वासिन्दा र बालबालिकाको टिकटमा भने लागू नहुने कम्पनीले जनाएको छ ।

श्रेष्ठका अनुसार कम्पनिनले वार्षिकोत्सवका अवसरमा यात्रुलाई सम्मान गर्ने उद्देश्यले ‍उपहार योजना ल्याएको हो । विहिबारदेखि लागू हुने यो योजना मंसिर ७ गतेसम्म चल्नेछ । मंसिर ८ गते वार्षिकोत्सवका अवसरमा लक्की ड्रमार्फत विजेता घोषणा गरिने उनले जानकारी दिए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage