scheduleशनिवार कार्तिक ३० गते, २०७६

बाजुरामा पहिलो पटक स्क्रब टाइफसको बिरामी भेटिए

फाइल फोटो

बाजुरा, ७ कात्तिक । बाजुरामा पहिलो पटक स्क्रब टाइफसको बिरामी भेटिएको छ । अत्याधिक सङ्ख्यामा जिल्ला अस्पताल बाजुरामा बिरामी बढ्न थालेपछि डाक्टरहरुले विशेष ध्यानमा राखेर उपचार गर्न थालेपछि बाजुरा जिल्ला अस्पतालमा एक महिलामा स्क्रब टाइफसको संक्रमण भेटिएको हो ।

जिल्लाको बडिमालिका नगरपालिका–१ पिनालेखका ५१ वर्षका किट्टी कार्कीमा स्क्रब टाईफस भेटिएको अस्पतालका डाक्टर दुर्गाराज महर्जनले बताए ।

कार्कीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने समस्याले गर्दा गत असोज २४ गते जिल्ला अस्पतालमा उपचारका लागि आएका  थिए ।

उनलाई जाँच गर्दा स्क्रब टाईफस रोगबाट संक्रमण भएको पत्ता लागेको मर्हजनले बताए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage