scheduleमगलवार कार्तिक २६ गते, २०७६

‘प्रेसर’को औषधि कति बेला खाने ?

काठमाडौं, ७ कात्तिक । उच्च रक्तचाप एउटा दीर्घकालीन स्वास्थ्य समस्या हो । मृत्युको एउटा प्रमुख कारण उच्च रक्तचाप पनि हो । उच्च रक्तचापका कारण विश्वभर हरेक वर्ष झण्डै १ करोड मानिसको ज्यान जान्छ ।

त्यस्तै विश्वभर झण्डै ३७ प्रतिशत मानिसहरु उच्च रक्तचापबाट पीडित छन् । नेपालमा समेत उच्च रक्तचापका विरामीको संख्या दिनदिनै बढिरहेको छ । नेपालमा रक्तचापका कारण हरेक वर्ष हजारौंको ज्यान जाने गरेको छ ।

आर्टरीमा रगतको चाप लगातार बढ्नु नै उच्च रक्तचाप हो । उच्च रक्तचापका कारण हृदयघात हुने, मृगौलाले कमजोर हुने, स्मरणशक्ति कमजोर हुने जस्ता विभिन्न जोखिम हुने गर्छ ।

तर उच्च रक्तचाप भएका व्यक्तिले नियमित औषधि खाने हो भने यसको जोखिम कम हुने गर्छ ।

औषधि कति बेला खाने ?

नियमित औषधि सेवन गर्ने हो भने उच्च रक्तचापको जोखिमलाई कम गर्न सकिन्छ । प्राय: चिकित्सकले बिहान उठ्ने बित्तिकै औषधि खाने सल्लाह दिने गर्छन् ।

तर हालै गरिएको एक अध्ययनले सुत्नुपूर्व औषधि खाने हो भने औषधि प्रभावकारी हुने देखाएको छ । युरोपियन हार्ट जर्नलमा प्रकाशित अध्ययनको प्रतिवेदनमा औषधि खाने समयले पनि जोखिम न्यूनीकरण गर्न सकिने उल्लेख गरिएको छ ।

स्पेनका वैज्ञानिकले उक्त अनुसन्धान गरेका थिए । उच्च रक्तचापका बिरामीले बिहान औषधि खाँदा प्रभावकारी हुन्छ कि सुत्ने बेलामा प्रभावकारी हुन्छ भनेर थाहा पाउन यो अध्ययन गरिएको थियो । बिहान भन्दा सुत्ने बेलामा औषधि खाँदा प्रभावकारी हुने र उच्च रक्तचापको जोखिम समेत कम हुने उक्त अध्ययनको निष्कर्ष थियो ।

स्पेनको भिगो विश्वविद्यालयको एक टोलीले गरेको उक्त अध्ययनका क्रममा उच्च रक्तचाप भएका १९ हजार व्यक्तिलाई सहभागी गराइएको थियो । यसमध्ये आधा संख्यालाई बिहान र आधा संख्यालाई सुत्ने बेलामा औषधि खान भनिएको थियो  ।

औषधिको प्रभावकारिता बिहान खाएका बिरामीमा भन्दा सुत्ने बेलामा खाएका बिरामीमा बढी देखिएको थियो । सुत्ने बेलामा औषधि खाने हो भने हृदयघातको जोखिम ४४ प्रतिशतले कम हुने र हृदयघातका कारण ज्यान जाने खतरा ६६ प्रतिशतले घट्ने अध्ययनको निष्कर्ष थियो ।

वैज्ञानिकले बिहान भन्दा सुत्ने बेलामा उच्च रक्तचापको औषधि खाँदा प्रभावकारी हुनुको कारणबारे थप अध्ययन गरिरहेका छन् ।

यद्यपि, मुटुसम्बन्धी समस्याको जोखिम सुतेको बेलामा नै बढी हुने समेत उक्त अध्ययनको निष्कर्ष छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage