scheduleआइतवार जेष्ठ २ गते, २०७८

भाइटीकाको भोलिपल्ट सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं, ७ कात्तिक । सरकारले कात्तिक १३ गते सार्वजनिक विदा दिने भएको छ । सरकारले नेवार समुदायले मनाउने भाइटीकाका दिन कात्तिक १३ गते सार्वजनिक विदा दिने भएको हो ।

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कात्तिक १३ गते सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको बताएका हुन् ।

हिजो बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेवार समुदायले मनाउने भाइटीकामा विदा दिने बताएपछि सरकारले भाइटीकाको भोलिपल्ट विदा दिने भएको हो ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा ‘नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४०’ का प्रतिनिधि मण्डलसँग भेटघाटका क्रममा ओलीले कात्तिक १३ गते सार्वजनिक विदा दिने प्रतिबद्धता जनाएका थिए ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय