scheduleबिहिवार कार्तिक २८ गते, २०७६

कास्की-२ उपनिर्वाचनः समाजवादी पार्टीबाट तीन जनाको नाम सिफारिस

पोखरा, ७ कात्तिक । सत्तारुढ दल समाजवादी पार्टी, नेपालले कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि ३ जनाको नाम सिफारिस गरेको छ ।

समाजवादी पार्टी कास्कीले कास्की-२ को उपनिर्वाचनका लागि केन्द्रीय समितिमा ३ जनाको नाम सिफारिस गरेको हो । उक्त पार्टीको जिल्ला समितिले धर्मराज गुरुङ, हेमबहादुर थापा ‘किरण’ र रामबहादुर नेपालीको नाम सिफारिस गरेको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीको केन्द्रीय कार्यालयले नाम सिफारिसका लागि जिल्ला समितिलाई असोज पहिलो साता पत्र पठाएको थियो ।

समाजवादी पार्टी कास्कीले चुनावमा अन्य दलसँग‍ चुनावी तालमेल नगर्ने समेत जनाएको छ ।

अघिल्लो निर्वाचनमा कास्की क्षेत्र नं २ बाट तत्कालीन पर्यटन मन्त्री  रविन्द्र अधिकारीले चुनाव जितेका थिए । स्वर्गीय अधिकारीले  २७ हजार २ सय ७ मत ल्याएर कांग्रेसका देवेन्द्र चालिसेलाई ८ हजार ५ सय ४६ भारी मत अन्तरले जितेका थिए ।

साझा पार्टीले भने बुधबार नै उम्मेदवार घोषणा गरेको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले १६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।

तर सत्तापक्ष नेकपाले भने उमेदवारको लागि सिफारिस पठाइसकेको छैन । यही आउँदो १० गते भित्रमा उमेदवारको नाम सिफारिस गर्ने नेकपा कास्कीले जनाएको छ ।

उपनिर्वाचन नजिकिँदै गर्दा कास्की क्षेत्र नं २ को चुनावलाई चासोका साथ हेरिएको छ । यो क्षेत्रको चुनावले सत्तारुढ नेकपाको लोकप्रियता समेत परीक्षण गर्ने कतिपयको बुझाइ छ ।

 

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage