scheduleमगलवार मंसिर ३ गते, २०७६

तिहारभरी थुनामै रहने भए निलम्बित सांसद आलम


राैतहट, ८ कात्तिक । नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद आफताब आलमलाई थप ८ दिन थुनामा रहने भएका छन् । छानबिन गर्न प्रहरीले म्याद थपका लागि जिल्ला अदालत रौतहटमा पेश गरेपछि रौतहटका न्यायाधीश केशव पाण्डेको इजलासले आलमविरुद्धको अनुसन्धान नसकिएकोले अदालतले थप आठ दिनको म्याद थप गरेको हो ।

अदालतका श्रेष्तेदार गुणराज पराजुलीका अनुसार यसअघि थपिएको ५ दिनको म्याद विहीबार सकिएपछि आलमलाई आज अदालत लगेर म्याद थप गरिएको हो ।

शनिबारदेखि तिहार बिदा पर्ने भएकाले १४ गते अदालत खुलेपछि मात्रै उनलाई अदालतमा पेश गर्ने गरी म्याद थप गर्न लागिएको पराजुलीले जानकारी दिए ।

गत असोज २५ गते राजपुर गौरको शेख इन्द्रिस गेटबाट पक्राउ परेका आलमलाई पक्राउ परेलगत्तै प्रहरीले अदालतमा पेश गरेर ७ दिनको म्याद थपि अनुसन्धान सुरु गरेको थियो।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage