scheduleमगलवार मंसिर ३ गते, २०७६

आलमको आरोप- राजनीतिक प्रतिशोधका लागि मेरो गिरफ्तारी गरियो


रौतहट, ८ कात्तिक । निलम्बित सांसद तथा कांग्रेस नेता मोहम्मद आफताब आलमले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाएका छन् । बम विस्फोट र घाइतेहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पक्राउ परेका आलमले म्याद थपका लागि शुक्रबार अदालत उपस्थित गराउने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो आरोप लगाएका हुन् ।

उनले आफूलाई आफूलाई झुटो मुद्दामा फसाइएको दाबी गर्दै भने, ‘मेरो गिरफ्तारी असान्दर्भिक छ, कानूनी राज्यको अवधारणाको उल्लंघन हो ।’ आलमले आफ्नो गिरफ्तारीलाई राजनीतिक प्रतिशोधबाहेक अरु केही नभएको बताए ।

ज्यानसहित तीन मुद्दामा अनुसन्धान भइरहेको आलमलाई अदालतले थप ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage