scheduleसोमवारमाघ १२ गते, २०७७

खड्कालाई राजीनामाबारे लिखित जवाफ दिन क्यानको आग्रह

काठमाण्डाैं, ८ कात्तिक । नेपाल क्रिकेट संघ(क्यान) ले कप्तान पारस खड्कालाई राजीनामाबारे लिखित जवाफ दिन भनेको छ ।

क्यानले कप्तान खड्कालाई राजीनामाबारे लिखित जवाफ दिएर प्रस्ट पार्न आग्रह गरेको हो ।

क्यानको पहिलो बैठकमै कप्तान पदबाट पारसले राजीनामा दिएको खबर मिडिया र सामाजिक सञ्जालबाट थाहा भएको भन्दै यसबारे लिखित रुपमा जानकारी गराउन आग्रह गरेको थियो ।

क्यानले खड्कालाई औपचारिक रुपमा लिखित जवाफ दिन भन्दै बिहीबार पत्र पठाएको छ ।

केही समयअघि खड्काले नयाँ कार्यसमिति आएपछि काम गर्न सजिलो वातावरण बनाउने भन्दै सामाजिक सञ्जालमार्फत कप्तान पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

क्यानमा भर्खरै नयाँ नेतृत्व आएकाले यस विषयमा क्यानले पारसले औपचारिक निर्णय नगराएकाले राजीनामा स्वीकृत गर्ने कुरै नआउने पनि स्रोतले जनाएको छ ।

अब क्यानको अर्को बैठक भने नोभेम्बर २० तारिख पछि मात्रै बस्ने पनि जनाइएको छ । आईसीसीका प्रतिनिधिहरु आएपछि उनीहरुसँग संयुक्त बैठक बस्ने क्यानले जनाएको छ ।

नोभेम्बर पहिलो साता आईसीसीका प्रतिनिधिहरु आउने भनिएकोमा नेपाल हेर्ने प्रतिनिधि चीन भ्रमणमा जानु पर्ने भएकाले बैठक नोभेम्बर २० पछि मात्रै हुने सम्भावना रहेको पनि जनाइएको छ ।

क्यानलाई हालै मात्र आईसीसीले सशर्त निलम्बन फुकुवा गरेको हो । त्यसैले क्यान अहिले संक्रमणकालीन अवस्थाबाट गुज्रिएकाले आर्थिकलगायतका कार्ययोजना बनाउन आईसीसीका प्रतिनिधि आउन लागेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay