scheduleबिहिवार कार्तिक २८ गते, २०७६

फरार अभियुक्त १३ वर्षपछि पक्राउ

सल्यान, ८ कात्तिक । प्रहरीले कुटपिट गरी हत्या गरेर फरार रहेका १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फरार प्रतिवादी डिलबहादुर पुन रहेको प्रहरीले जनाएको छ । प्रहरीले पुनलाई १३ वर्षपछि पक्राउ गरेको हो ।

पुनमाथि जिल्लाको साविक काभ्रा गाविस ३ आरुचौर निवासी ३६ वर्षीय बमबहादुर विकलाई कुटपिट गरी हत्या गरेको आरोप लागेको थियो । २०६३ सालमा पुन लगायतका सात जनाले विकको घरमा आई डर त्रास, धाक, धम्की देखाई कुटपिट गरी विकको हत्या गरेका थिए । हत्या लगत्तै सातै जना फरार भएका थिए।

फरार पुनलाई त्रिवेणाी गाउँपालिका १ काभ्रास्थित लुहाम काभ्रा सडक खण्डमा हिडिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। पुनलाई इलाका प्रहरी कार्यालय लुहामको हिसारतमा राखी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

हत्यामा संलग्न अन्य छजना अझै फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage