scheduleबिहिवार कार्तिक २८ गते, २०७६

डोजरले हुत्याउँदा बेहोश भएकी जोशीलाई थप उपचारका लागि भारत लगियो

बैतडी, ८ कात्तिक । दशरथचन्द नगरपालिका-९ ग्वाल्लेकमा डोजरले हुत्याउँदा घाइते भएकी गौरी जोशीलाई थप उपचारका लागि भारत लगिएको छ ।

सोमबार ग्वाल्लेकमा सडक निर्माणका क्रममा सोमबार कात्तिक ४ गते दुई पक्षबीच झडप हुँदा डोजरले स्थानीयवासी गौरी जोशीलाई हुत्याएको थियो । डोजरले हुत्याउँदा घाइते भएकी गौरीलाई कोहलपुरमा उपचारपछि ‘डिस्चार्ज’ गरिएको थियो ।

तर उपचारपछि पनि गौरी बेहोस हुने समस्या ठिक नभएपछि जोशीलाई थप उपचारका लागि भारततर्फ लगिएको हो ।

यता डोजर काण्डमा संलग्न थप थप तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage