scheduleबुधवार जेष्ठ २१ गते, २०७७

विप्लव समूहका जिल्ला सदस्य पक्राउ


गलकाेट, ८ कात्तिक । नेत्रविक्रम चन्द (विप्लव) समूहका बागलुङ जिल्ला सदस्य गोविन्द कार्की पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा बागलुङको काठेखोला गाउँपालिका–७ रेश निवासी ४० वर्षीय कार्कीलाई आज दिउँसो मालढुङ्गाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

पक्राउ परेका कार्कीलाई राज्यविरुद्धको अपराधमा अनुसन्धान गरी मुद्दा चलाउने बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए। रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय