scheduleसोमवार मंसिर २ गते, २०७६

सनीले उचाले पहिलो लोकस्तारको उपाधि

लोकस्टार


काठमाडौं, ८ कात्तिक । आईएमई लोकस्टारको उपाधि सनी विश्वकर्माले उचालेका छन् । रोल्पा घर भएका विश्वकर्माले लोक स्टारको फाइनल राउण्डको तीन प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि उचालेका हुन् । लोकस्टारको उपाधि उचालेसँगै उनले नगद ५० लाख रुपैयाँ नगद र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बिमा पुरस्कार जितेका छन् ।

प्रतियोगितामा रनर अप चेतन गोतामे बनेका छन् । गोतामेले २५ लाख रुपैयाँ नगद र सिटिजन लाइफ इन्स्योरेन्समा १५ लाखको जीवन बिमा पुरस्कार जित्न सफल भएका छन् ।

सेकेण्ड रनर अपको पुरस्कार जितेका विनोद दनुवारले १० लाख नगद र सिटिजन्स लाइफ इन्स्योरेन्सको तर्फबाट १० लाख बराबरको जीवन बिमा पुरस्कार जितेका छन् ।

अर्का चर्चित प्रतिस्पर्धी रामकुमार नेपालीले पर्फमर अफ दि सिजनको उपाधिमा चित्त बुझाए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage