scheduleसोमवार मंसिर २ गते, २०७६

मानव तस्करीको दर्दनाक दृश्यः ट्रकभित्रै तुहियो बेलायत जाने सुन्दर सपना

एजेन्सी, ९ कात्तिक । बुल्गेरियाबाट बेलायत प्रवेश गरेको एक मालबाहक ट्रक(लरी) भित्र  बुधबार ३९ जनाको शव फेला पर्‍यो । लगत्तै उक्त समाचार संसारभर फैलियो । समाचारबाट सारा विश्व नै स्तब्ध बन्न पुग्यो । बेलायतकै केन्द्रमा ३९ जनाको शव फेला पारिएको समाचार बाहिर आएपछि विश्व नै स्तब्ध बनेको छ ।

प्रहरीले इङल्याण्डको एसेक्स नगरस्थित एक ‍‍औद्योगिक पार्कनजिकैबाट ती शव बरामद गरेको थियो । शवमध्ये एउटा शव किशोरको समेत रहेको छ ।

मानव तस्करको जालोमा परेर ३९ जनाले ज्यान गुमाएको हुन सक्ने बताइएको छ । उनीहरु बेलायतको सुन्दर सपना बोकेर एसियाबाट युरोप छिरेका थिए । तर सबैको सपना ट्रकभित्रै तुहियो ।

ट्रकभित्र ३९ जनाको शव फेला परेपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले उक्त घटनाबाट आफू निकै दु:खी र स्तब्ध भएको बताएका  थिए । उनले शोकाकुल परिवारप्रति समवेदना समेत प्रकट गरेका छन् ।

‘मानव बेचबिखन नीच र खतरनाक व्यावसाय हो’, एकजना स्थानीय सांसदले आक्रोशित हुँदै भने, ‘कनटेनरभित्र ३९ जनाको शव भेट्टिएको सुन्दा निकै दुःखित भएको छ, अपराधीहरु पहिचा गरी कारबाही होस् भन्ने कामना गर्छु ।’

हालसम्म ट्रकभित्र मृत फेला परेकाको पहिचान हुन भने सकेको छैन । प्रारम्भमा सबै शव चिनियाँ नागरिक हुने सक्ने बताइएको थियो । तर शनिबार भने प्रहरीले ६ वटा शव भियतनामी नागरिकको हुन सक्ने आशंका गरेको छ ।

भियतनामका ६ परिवारले आफ्ना हराइरहेका सदस्यहरु ३९ जना मृतकमध्ये हुनसक्ने बताएको बीबीसीले जनाएको छ ।

हराई रहेका ३ जना भियतनामीमध्ये २६ वर्षीया फाम थी त्रा माइ पनि हुन्।  माइले मंगलबार आफूलाई सास फेर्न निकै गाह्रो भइरहेको भनेर एसएमएस सन्देश पठाएको उनको परिवारले जनाएको छ । माइले मङ्गलवार अबेर राति अन्तिम सन्देश पठाएकी थिइन्।

‘आमा म तपाइँ र बाबालाई धेरै माया गर्छु’, माइले आफ्नो सन्देशमा भनेकी थिइन्, ‘म मर्दैछु किनकि मैले सास फेर्न सकिरहेकी छैन’

त्यसपछि माइसँग सम्पर्क हुन नसकेको उनको परिवारले जनाएको छ।

माइका भाइ फाम न्गोक ट्वानका अनुसार उनले ब्रिटेन पुर्‍याउन मागिएको ३० हजार पाउण्डमध्ये केही मानव तस्करहरूलाई भुक्तानी गरिसकिएको थियो।

पछिल्लो पटक दिइएको सूचनामा उनी बेल्जियम पुगेको भन्ने जानकारी प्राप्त भएको उनले बताए। आफन्तका अनुसार त्रा माइको यात्रा अक्टोबर ३ मा सुरु भएको थियो।

बीबीसीका अनुसार माइबारेको जानकारी एसिक्स प्रहरीलाई दिएको छ।

केही परिवारलाई मानव तस्करहरूले पैसा फिर्ता गरेको पनि बताइन्छ। बीस वर्षीय न्गुएन डिन्ह लुओङका परिवारले समेत ३९ जना मृतकमध्ये लुओङ समेत हुन सक्ने आशंका गरेका छन् ।

अर्की एकजना १९ वर्षीया महिलाको बारेमा पनि बीबीसीलाई जानकारी प्राप्त भएको छ।

ती महिलाका आफन्तले उनले मङ्गलवार बिहान बेल्जियमबाट फोन गर्दै आफूहरू कन्टेनरमा चढेको र फोन बन्द गर्न लागेको भनेको बताएका छन्।

उक्त ट्रक बुल्गेरियाबाट बेलायत आएको अनुमान गरिएको छ । हाल उक्त ट्रकका ड्राइभरलाई हत्याको आरोपमा प्रहरीले  पक्राउ गरेको छ । पक्राउ परेका ड्राइभर उत्तरी आयरल्याण्डका बासिन्दा भएको समाचारमा जनाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हाल मृतकहरु कहाँबाट बेलायत आएका थिए र कुन मार्ग हुँदै आएका थिए भनेर थप अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार उक्त ट्रक बुल्गेरियाबाट बेलायत प्रवेश गरेको थियो । एसिक्स प्रहरीका अनुसार उक्त लरी बुल्गेरियाबाट हिँडेको र एङ्गलसीको हलिहेड हुँदै शनिवार ब्रिटेन छिरेको थियो ।

यसकारण ज्यान गएको थियो थिए ३९ जनाको 

बेलायती समाचार माध्यमका अनुसार अत्याधिक चिसो र अक्सिजनको अभावका कारण ३९ जनाले गुमाएको बताएका छन् ।

३९ जना सवार ट्रकभित्रको तापक्रम माइनस २५ डिग्री रहेको समाचारमा बताइएको छ । उनीहरु सवार ट्रक बाहिरबाट पुरै बन्द गरिएको थियो । ट्रकभित्रको तापक्रम समेत अति कम थियो । यही भएर उनीहरुलाई सास फेर्न गाह्रो भएको र ज्यान गएको जनाइएको छ ।

अत्याधिक चिसो र अक्सिजन कम भएकाले ३९ जना नै ट्रकभित्र अन्तिम समयसम्म छटपटाइरहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । डेली मेलका अनुसार अन्तिम समयसम्म उनीहरुले भित्रबाट ट्रकको ढोका ढकढक्याएका थिए । बेहोस नहुञ्जेल सबैले ट्रकको ढोका ढकढक्याएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।

ट्रकभित्र रगतका टाटा समेत देखिएका छन् । ट्रकभित्र हातका पञ्जासहितको टाटा देखिएका छन् । हातबाट रगत नआउञ्जेल सबैले ट्रकको ढोका ढकढक्याएको हुन सक्ने बताइएको छ । उनीहरुले अन्तिम समयसम्म पनि मद्दतका लागि गुहारिरहेको यसबाट प्रस्ट हुन्छ ।

बुधबार बेलायत ३९ जनाको शव ट्रकभित्र फेला परेपछि मानव तस्करीविरुद्ध विश्वभर चर्को आवाज समेत उठ्न थालेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage