scheduleसोमवार मंसिर २ गते, २०७६

घरमै सुतिरहेको अवस्थामा पक्राउ परे विप्लव कार्यकर्ता

सल्यान, ९ कात्तिक । प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकोे नेकपाका सल्यान जिल्ला कमिटी सदस्यलाई पक्राउ गरेको छ ।

प्रहरीले सल्यान जिल्ला कमिटी सदस्य भद्र डाँगीलाई पक्राउ गरेको हो । बागचौर नगरपालिका–२ घर भएका डाँगी ‘टाइगर’ शनिबार बिहान पक्राउ परेका हुन् ।

डाँगीलाई घरमा सुतिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको उनको परिवारले जनाएको छ । हाल डाँगीलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखिएको छ ।

डाँगीलाई बम विस्फोट, हातहतियार र आगजनीको मुद्दामा पक्राउ गरिएको हो । डाँगीमाथि हाल अनुसन्धान भइरहेको सल्यान प्रहरीले जनाएको छ ।

प्रतिबन्धपछि सल्यानमा नेकपाका दुई दर्जनभन्दा बढी नेता–कार्यकर्ता गिरफ्तारीमा परेका छन् । गिरफ्तारीमा परेका ती सबै अदालतको आदेश र प्रशासनको धरौटीमा रिहा भैसकेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage