scheduleमगलवार मंसिर ३ गते, २०७६

श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ


रौतहट, ९ कात्तिक । जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्नै श्रीमानको हत्या गर्ने श्रीमतीलाई पक्राउ गरेको छ । रौतहटको गौर नगरपालिका वडा नं. ५ कोइरीटोल बस्ने जरिना खातुनलाई श्रीमान हत्या गरेको आरोपमा बिहीबार रौतहट प्रहरीले पक्राउ गरेका छन् ।

श्रीमती जरिनाले गत कार्तिक ४ गते आफ्नै श्रीमान ३५ वर्षीय इस्लाम अन्सारीको हत्या गरेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक नबिन कार्कीले जानकारी दिए ।

मृतक अन्सारीले अत्याधिक मादक पदार्थ सेवन गरी सुत्ने खाटबाट लडी घाइते भएको र जिल्ला अस्पताल गौर उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो तर सूचनाको आधारमा शंका लागेर प्रहरीले अनुसन्धान गरेको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage