scheduleसोमवार मंसिर २ गते, २०७६

यो शहरमा कुकुर छ मेयर, यसरी सम्हाल्छ कार्यभार

एजेन्सी । पशु अधिकार रक्षाका लागि समय समयमा विभिन्न अभियान र कार्यक्रमहरु सञ्चालन हुँदै आएको हामीले सुन्दै आएका छौं । तर अमेरिकाको क्यालिफोर्नियास्थित इडिल वाइल्ड शहरले भने पशु अधिकार रक्षाका लागि केही अनौठो कदम चालेको इतिहास छ ।

वास्तवमा त्यस क्षेत्रका मानिसहरुले पशु रक्षाका लागि एउटा कुकुरलाई आफ्नो शहरको मेयर चयन गरेका थिए । रोचक कुरा के छ भने त्यहाँ कुकुर मानिस स्वस्फूर्त रुपमा एकलौटी मेयर चुनिएको थिएन । उसले प्रजातान्त्रिक प्रणालीको चुनावबाट प्रतिस्पर्धी भेडा, गधा र बिरालोलाई हराएर मेयर बनेको थियो । यद्यपि कुकुर त्यहाँको आधिकारिक मेयर भने होइन उसलाई प्रतिकात्मक रुपमा त्यहाँको मेयर चयन गरिएको हो ।

म्याक्स नामको त्यस कुकुरलाई शहरमा मेयरको जस्तै सुविधाहरु उपलब्ध गराइएको छ । मेयर मैक्सको नाममा मैक्सको आधिकारिक फेसबुक आइडी पनि बनाइएको छ । यति मात्र होइन मैक्सका भाई र बहिनी माइकी र मित्जीलाई पनि उप मेयर बनाइएको छ ।

यो नयाँ मेयरको प्रमुख जिम्मेवारी भनेको शहरमा पर्यटक, स्थानीय मानिस र मिडियासँग तस्वीर लिनु, शहरमा हुने कार्यक्रममा उपस्थिति जनाउनु हो । यस योजनाको उदेश्य शहरमा जनावरप्रति मानिसहरुको सहानुभूति जगाउने पहलको भएको बताइएको छ ।

पैसा अभावको समस्यासँग जुझिरहेका जनावर संरक्षण गृहलाई बचाउनका लागि यस्तो तरिका अपनाइएको हो । चुनावका लागि अनलाइन भेटिङ भएको थियो । त्यसमा १२ हजार ९१ जनाले भोट गरेका थिए । यसरी संरक्षण गृहमा जम्मा भएको सात लाख ३० हजार रुपयाँ च्यारिटिमा जम्मा गरिएको थियो l

सन् २०१२ मा मैक्सलाई शहरको मेयर बनाइएको थियो । मैक्सलाई कामको दौरान समस्या नहोस् भनेर एउटा गाडी पनि उपलब्ध गराइएको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage