scheduleमगलवार कार्तिक ४ गते, २०७७

ट्रक चालकमाथि ३९ जनाको हत्या गरेको आरोप

एजेन्सी, १० कात्तिक । गत बुधबार इङल्याण्डको एसेक्सस्थित ट्रक (लरी) भित्र ३९ को शव फेला परेपछि उक्त ट्रकका चालकमाथि हत्याको आरोप लगाइएको छ ।

प्रहरीले २५ वर्षीय मोरिस रबिन्सनमाथि हत्याको अभियोग लगाएको हो । रबिन्सनमाथि मानव तस्करी, आप्रवासन र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोप समेत लगाइएको छ ।

रबिन्सन उत्तरी आयरल्याण्डका बासिन्दा हुन् । बुधबार एसेक्सस्थित औद्योगिक पार्कमा ट्रकभित्र ३९ जनाको शव फेला परेको थियो । उक्त ट्रक रबिन्सनले चलाएका थिए ।

त्यस्तै घटनामा संलग्न रहेको आरोपमा अन्य ३ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

अत्याधिक चिसोका कारण बेलायत जान हिडेका ३९ जना एसियाली नागरिकको ज्यान गएको थियो । ज्यान गुमाउनेमा चिनियाँ र भियतनामी नागरिक रहेको समाचार माध्यमले जनाएका छन् ।

यो पनि : 

मानव तस्करीको दर्दनाक दृश्यः ट्रकभित्र तुहियो बेलायत जाने सुन्दर सपना

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay