scheduleमगलवार मंसिर ३ गते, २०७६

प्रअ नियुक्तिमा मनोमानी : चक्रघट्टाको सामुदायीक विद्यालयमा तालाबन्दी

एसपी यादव/ सर्लाही, १० कार्तिक । सर्लाहीको चक्रघट्टा गाउँपालिकाले गैरकानुनी रुपमा प्रधानाध्यापक नियुक्त गरेको भन्दै गाउँपालिकाका सम्पुर्ण सरकारी विद्यालयहरुमा राजपा नेपाल तथा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष विक्रम यादवले गैरकानुनी रुपमा जबर्जस्ती चक्रघट्टा गापाको सुन्दरपुर नयाँ बजार वडा नं.४  मा रहेको श्री जनता प्राथमिक विद्यालयमा आफू निकट प्रअ नियुक्त गरेको हो ।

विद्यालयमा कार्यरत वरिष्ठ प्रअ मनोज प्रसाद साह हुदाहुदै गापाका अध्यक्ष विक्रम यादवले स्थानीय शिक्षा समिति तथा वडा अध्यक्ष समेतलाई जानकारी नै नदिइ अर्का जुनियर शिक्षक चन्द्रकिशोर यादवलाई प्रअ नियुक्त गरेकोले गापालाई आफनो निर्णय यथाशीघ्र फिर्ता लिनका लागी चर्को विरोध स्वरुप गापाको सम्पुर्ण सरकारी विद्यालयहरुमा तालाबन्दी गर्नुका साथै धर्ना तथा टायर बालेर बिरोध प्रदर्शन गर्नु परेको स्थानीय राजपा नेपालका युवा नेता दिनेश साहले जानकारी गराए ।

जुनियर शिक्षक चन्द्रकिशोर यादवको प्रअ नियुक्ति प्रक्रिया अवैधानिक भएकोले तत्काल बदर गरि विद्यालयमा पहिल्यै देखि कार्यरत रहेका वरिष्ठ प्रअ मनोज प्रसाद साहलाई पुनः ल्याए मात्र समस्याको समाधान हुने स्थानीय राजपा नेपालका अर्का युवा नेता विजय साहले बताए ।

गापा अध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत मुकेश पाठकले गापाको शिक्षा, स्वास्थ्य, कृषि र बजार व्यवस्थापन लगायत गापाको चौतर्फी विकासलाई नै ध्वस्त पार्ने नियतले गापामा आफू खुसी मनोमानी गर्दै आएको स्थानीय राजपा नेपालका युवा नेता मनोहर कुमार साह सोनारले जनाए ।

गापा अध्यक्ष यादवले आफू खुसी नियुक्त गरेको प्रअ विवादका कारण चक्रघट्टा गापाको ९ वटै वडाको सम्पुर्ण सरकारी विद्यालयहरुमा पठन पाठन ठप्प भएको छ ।

गापाले नियुक्त गरेको प्रअ यादवलाई फिर्ता नपठाए तालाबन्दी गरिएकाविद्यालयहरु कुनै पनि हालतमा संचालन हुन नदिने र विरोध स्वरुप आगामी दिनहरुमा अझ सशक्त आन्दोलनका कार्यक्रमहरु तय गरिने साविक गाविस सुन्दरपुरका उपाध्यक्ष र हाल राजपा नेपालका नेता दरोगा साहले बताए ।

गापा अध्यक्ष यादवका अनुसार, शिक्षा समितिबाट निर्णय गराएर नै प्रअ नियुक्त गरेको बताए । शिक्षा समितिलाई कार्यपालिकाबाट र कार्यपालिकालाई गाउँसभाबाट नै अधिकार दिइएकोले प्रअ नियुक्तिमा कुनै प्रकारको गैरकानुनी काम नभएको अध्यक्ष यादवले दावी गरे । अध्यक्ष यादव नेकपाबाट चुनाव जितेका हुन ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage