scheduleसोमवार मंसिर २ गते, २०७६

यस्ता छन् कुकुरले समेत नागरिकता पाउने देशको केही रोचक तथ्य

एजेन्सी । अमेरिकाको नभेडानजिकै एउटा सानो राष्ट्र मोलोसिया रहेको छ, जसको कुल जनसङ्ख्या ३३ मात्र हो । हालैमा यस देशले आफ्नो स्वतन्त्रताको ४० औँ वर्ष मनाएको छ । त्यहाँका तानाशाही शासक केविन वगले सन् १९७७ मा आफ्ना साथीहरुसँग मिलेर उक्त मुलुक स्थापित गरेका थिए ।

०.२१३९ वर्ग किलोमिटर क्षेत्रफल रहेको माेलाेसियाको आफ्नै मुद्रा पनि छ जसलाई वलोरा भनिन्छ । यहाँको जनसङ्ख्यामा तीन वटा कुकुरहरु पनि पर्छन् । सम्पूर्ण रुपमा स्वतन्त्र यस देशको आफ्नै नौसेना, अन्तरिक्ष कार्यक्रम, रेल तथा हुलाक सेवा, बैंक, मापन प्रणाली, बिदा, अनलाइन चलचित्र थिएटर, अनलाइन रेडियो स्टेशन र आफ्नै समय क्षेत्र पनि रहेको छ । यहाँको आफ्नै कानुन र सरकार व्यवस्था छ ।

त्यहाँका कुकुरहरुको समेत नागरिकता बनाइएको छ । तर बिरालोको भने भर नहुने भएकाले उनीहरुलाई यसमा समावेश नगरिएको केविनले बताए । तरपनि यस देशका बारेमा विश्वका धेरै मानिसलाई जानकारी छैन । यहाँको मुख्य पेसा पर्यटन व्यवसाय हो । धेरै सानाे भएकाले यस देशलाइ ‘मिनीनेसन’ पनि भन्ने गरिएकाे छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage