scheduleसोमवार मंसिर २ गते, २०७६

यस्तो छ साधारण देखिने यस कुकुरको भयानक वास्तविकता

एजेन्सी । कुकुरलाई संसारको सबैभन्दा विश्वासनीय घरपालुवा जनावर मानिन्छ । तर कतिपय स्थितिमा यिनै कुकर खतरनाक साबित हुन सक्छन् । अमेरिकाकी एक कुकुरधनीले सञ्चार माध्यममा गरेको खुलासाले अहिले सबैलाई अचम्मित पारेको छ ।

अमेरिकामा एउटा यस्तै घटना फेला परेको हो जहाँ विश्वासिलो मानिने कुकरले आफ्नै मालिकको शवलाई खानबाट पछि हटेन । यो खबर बाहिर आउनासाथै मानिसहरुले विभिन्न प्रतिक्रिया दिँदै आश्चर्यमा परेका थिए । अमेरिकको स्टेट न्यू जर्सीमा भएको यस घटनामा एक व्यक्तिको मृत्यु भएपछि उनको कुकुरले उनकै शवलाई खानाको रुपमा खाएको बताइएको छ ।

अहिले उक्त कुकुरलाई अर्कै महिलाले पालेकी छन् र यसको खुलासा उनले नै गरेकी हुन् । एक वर्ष पहिले एनिमल सेन्टरबाट चिहुआहुआ जातको सो कुकुरलाई उनले घर ल्याएकी थिइन् । उनका अनुसार त्यो कुकुर पहिले बसेको घरमो मालिकको मृत्यु भएको थियो । तर कोही नभएका कारण केही दिनसम्म शव घरमै रहँदा सो कुकरले तिनको शरीरलाई नै आफ्नो खाना बनाएको उनको भनाइ छ । धेरै दिनसम्म केही खानेकुरा नपाएपछि उसले आफ्नै मालिकको शवले भोक मेटाएको उनले बताइन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage