scheduleसोमवार मंसिर २ गते, २०७६

पाल्पामा कृतिम मालाको प्रयोग बढ्दो

पाल्पा, ११ कात्तिक । तिहारले गाउँ शहर छपक्कै छोपेको छ । तिहारमा हरेकका घर अगाडी देखिने ढकमक्क मखमली फूल भने हराउँदै गएको छ । मखमलीको ठाउँमा कृतिम माला गाउँ पुगेको छ ।

पाल्पाका बारीहरु, घरका करेसा बारी तिहारमा ढकमक्कै देखिन्थे । तर अहिले तिहारमा बारी होइन बजार ढकमक्कै छ, भारतबाट आएका कृतिम फूलका मालाले । गाउँमै कृतिम माला किन्नुपर्दा स्थानीय अर्जुन खत्रीलाई नमिठो लागेको छ । सदरमुकाम तानसेन, रामपुर, हार्थोक, अर्गली, बतासे, छहरा, अम्लबास लगायत ठाउँका पसलहरु तिहारका मालाले रंगिचंगी बनेका छन् ।

फूलको सौन्दर्य र बजार नबुझ्दा, मुल्यमा तुलना गर्दा बजारे माला गाउँ पुगेको स्थानीय ईश्वर ज्ञवालीको बुझाइ छ । फूल रोप्ने जाँगर गाउँका मान्छेमा छैन । गाउँको फूलबाट बनाउने माला भन्दा पनि बजारमा आएको माला बढी विक्रि हुने भएकाले आफूले पनि गाउँमा फूल किनेर माला बनाउन छाडेको व्यवसायीको भनाइ छ । फूलखेतीका लागि पाल्पाको हावापानी भने उपयुक्त मानिन्छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage