scheduleशनिवार कार्तिक ३० गते, २०७६

नियमित रुपमा बजार अनुगमन गर्न उपभोक्ताको माग

बिरगञ्ज, ११ कात्तिक । तिहार, छठ जस्ता पर्वको अवसरमा बजार अनुगमन तिब्र पारिएको छ । तर अरु बेला बजार अनुगमन नहुने भएकाले उपभोक्ता ठगीमा पर्ने र म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्यबस्तुको बिक्रिले उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्छ ।

चाडपर्वका बेलामात्रै भन्दा पनि नियमित रुपमा बजार अनुगमन हुनुपर्ने उपभोक्ताको माग छ । चाडपर्वको बेला दैनिक चाहिने उपभोग्य सामानसँगै अन्य सामानको पनि बिक्री बढ्ने भएकाले उपभोक्ता ठगीमा पर्ने सम्भावना बढि नै हुन्छ । चाडपर्वको समयमा मात्रै नभइ अन्य समयमा पनि बजार अनुगमन गर्नुपर्ने एकजना उपभोक्ता मीनु श्रेष्ठ बताउछिन् ।

उपभोक्ताहरुले बजार अनुगन निरन्तर होस् भन्ने चाहिरहेका स्थानीय निलम श्रेष्ठको भनाइ छ । चाडपर्वमा मात्रै नभई अन्य बेलामा पनि बिरगञ्ज लगायत पर्सा जिल्लाका अधिकांश व्यापारीहरुले मूल्य सूची नराखी सामान विक्री विरतण गर्ने गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्च विरगञ्जका अध्यक्ष अजित भुजेल यसलाई नियन्त्रण गर्नुपर्ने बताउछन् ।

पर्सासहित ८ वटा जिल्ला कार्य क्षेत्र भएको बाणिज्य कार्यालय बिरगञ्जका प्रमुख ओम नारायण शर्मा कर्मचारी अभाव भएपनि चाडपर्व लगायत अन्य बेलामा पनि बजार अनुगमन गरिरहेको बताउछन् । प्रदेश २ का आठ वटै जिल्ला र प्रदेश ३ का चितवन र मकवानपुरमा पनि बजार अनुगमनको कामलाई निरन्तरता दिइरहेको उनको भनाइ छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage