scheduleबिहिवारफाल्गुन २० गते, २०७७

ह्वाइटहाउसमा पनि तिहार छायो, के भन्छन् ट्रम्प ?

एजेन्सी, ११ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा हिन्दूहरुको दोस्रो प्रमुख पर्व दीपावली मनाएका छन् ।

राष्ट्रपति ट्रम्पले आइतबार हिन्दू धर्मावलम्बीका साथ दीपावली मनाएका हुन् । दीपावली मनाउने क्रममा उनले चाँदीको सुकुन्दामा दीप प्रज्ज्वलन गरेका थिए ।

तिहार मनाउँदै राष्ट्रपति ट्रम्पले अमेरिकामा धार्मिक स्वतन्त्रता रहेको पनि बताए । उनले दीपावलीले अन्धकारमाथि प्रकाशको जितको सन्देश दिने जिकिरसमेत गरे ।

अमेरिकाको संविधानअनुसार सबै धर्म र धार्मिक अधिकारको रक्षाका लागि आफ्नो प्रशासनले काम गर्ने उनको भनाइ थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay