scheduleशनिवार कार्तिक ३० गते, २०७६

बसले किचेर १४ वर्षीया कमलाको मृत्यु

सुर्खेत, ११ कात्तिक ।  चिङ्गाड गाउँपालिका—३, चिउडुवामा बसले किचेर आज एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतदेखि जाजरकोटको शिवालय जाँदै गरेको लु १ ख ४८२३ नम्बरको यात्रुवाहक बसले किच्दा दैलेखको डुङ्गेश्वर गाउँपालिका—४, अवलपराजुलकी १४ वर्षीया कमला बुढाको घटनास्थलमै मृत्यु भएको हो ।

उकालोमा बढी चाप धान्न नसकेर पछाडि गुडिरहेको अवस्थामा अत्तालिएर ढोकाबाट हाम फाल्दा बुढाको सोही बसको चक्काले किचेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । घटनास्थलमा प्रहरी पुगेर थप अनुसन्धान शुरु गरिसकेको छ ।

त्यस्तै आइतबार राति पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका—६, लिसीडाँडामा लक्ष्मी पूजाका अवसरमा बालिएको मैनबत्तीको आगोबाट स्थानीय कुमार दमाईको घर जलेर करीब  एक लाख ५० हजारबराबरको सम्पत्ति क्षति भएको प्रहरीले जनाएको छ । रासस

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage