scheduleमगलवार मंसिर ३ गते, २०७६

दिपावलीको पुर्वसंध्यामा करेन्ट लागेर मृत्यु

सांकेतिक तस्बिर

रौतहट, ११ कात्तिक । रौतहटमा दिपावलीका अवसरमा बत्ती बाल्न बिद्युतको स्विच जोडनेक्रममा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ । दिपावलीको पुर्वसंध्यामा चन्द्रपुर ६ स्थित आफन्तको घरमा बिद्युतको स्विच जोडनेक्रममा गएराति कटहरिया एकका १८ वर्षका हरिकोशार महराको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

दिपावलीमकै अवसरमा बालिएको दियोबाट आगो सल्किएर रौतहटमा ६ स्थानमा आगलागी हुँदा सातलाख बढीको धनमाल जलेर नष्ट भएको छ । लक्ष्मीपुजामा बालिएको दियोबाट जिल्लाको गुजरा नगरपालिका नौ का छठु ठाकुरको दुईतले काठको घर, बौधीमाई नगरपालिका ६ का बिन्दा यादवको खपडाको छाना भएको घर, वडा ४ का गजेन्द्र यादवको गोठमा आगलागी भएको प्रहरीले जनाएको हो ।

त्यसैगरी मौलापुर नगरपालिका एकका बसन्त बैठाको खपडाको छानाभएको घर, वडा ६ का हरेन्द्र रामको गोठ र दुर्गाभगवती गाउँपालिका पाँचका लखिन्द्र साहको काठको बाक्सामा आगलागी भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक भुपेन्द्र खत्रीले जानकारी दिए । आगलागी बाट घरमा रहेको अन्न लत्ता कपडा गरी सातलाख २० हजार बराबरको क्षतीभएको उनले बताए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage