scheduleबुधवार आश्विन १३ गते, २०७८

तिहार सकिए लगत्तै मधेसमा छठको तयारी सुरु

काठमाडाैं, १३ कात्तिक । तिहार सकिए लगत्तै मधेस छठको तयारीमा जुटेको छ । तराई मधेसमा रहेका मधेसी र पहाडी समुदाय मिलेर छठको तयारीमा जुटेका छन् । अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्न तराई मधेश तथा मिथिलाञ्चलवासी छठको तयारीमा जुटेका हुन् । सम्पूर्ण तराई मधेशमा दीपावलीसँगै छठ पर्वको तयारी तथा रौनक शुरु भएको हो ।

नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिको रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् । बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र सख्खर किनमेल गर्न स्थानीयवासी व्यस्त छन् । बाँसको चोयाबाट बनाइएका टोकरी, नाङ्लो र सुपली, माटोको कलश, ढकनी, कोशी र दियो, कपडा, फलफूल, तेल, मसलाजस्ता खाद्यान्न किनमेल गर्न पसलमा ग्राहकको घुइँचो लागेको छ ।

मिथिलाञ्चलमा भाइटीकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा रहेको सामाचकेवा पर्व पनि मंगलबारदेखि विधिवत रुपमा सुरु भएको छ । कात्तिक शुक्ल द्वितिया तिथि अर्थात् आजदेखि कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका लागि आजै कलात्मक मूर्ति बनाउन माटोको जोहो गर्नुपर्ने भएकाले पर्वको शुभारम्भका रुपमा लिने गरिएको हो ।

यो पर्वमा दिदीबहिनीले माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर कात्तिक पूर्णिमाको मध्यरात्रिमा विशेष पूजापाठ गरी पर्वको सम्पन्न गर्ने गर्छन् । नेपाल संवत्को नयाँ बर्ष पनि सुरु भएको छ । मंगलबार देशभरी नयाँ बर्ष बनाइएको छ । नेपाल संवत् ११४० सुरुवातको अवसरमा हिजो काठमाडौं लगायत देशैभरी विभिन्न कार्यक्रम भयो । नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक विदा भने आज दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय