scheduleमगलवार मंसिर ३ गते, २०७६

भ्रमण वर्ष २०२० लाई एक दशकसम्म निरन्तरता दिन्छौंः मन्त्री भट्टराई


जनकपुरधाम, १३ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी एक दशकसम्म भ्रमण वर्ष मनाउने सरकारी योजना सार्वजनिक गरेका छन् । बुधबार जनकपुरमा स्थानीय सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भट्टराईले भ्रमण वर्ष २०२० सफल पारेर यसलाई निरन्तरता दिइने सरकारी योजना सार्वजनिक गरेका हुन् ।

मन्त्री भट्टराईले विभिन्‍न ठाउँबाट जनकपुरधाम भ्रमणमा आउने पर्यटकको बसाई लम्ब्याउनुपर्ने र पर्यटकको बसाई लम्ब्याउन आकर्षक र लोभ्याउने स्थललाई विशेष व्यवस्थित गर्नुपर्ने धारणा राखे ।

उनले भने, ‘जनकपुरधाम आउने पर्यटक यहाँको भ्रमण गरेर फर्किने गर्छन् । अबदेखि यहाँ आउने पर्यटकलाई छिन्‍नस्ता, गढीमाई, बारा, पर्सा र महोत्तरीका अन्य ठाउँ घुम्ने वातावरण बनाउन आवश्यक छ ।’

निर्माणाधीन जनकपुर विमानस्थलको टर्मिनल भवनको काम २/३ महिनाभित्रै पुरा भएर सञ्चालनमा आउने जानकारी मन्त्री भट्टराले उक्त अवसरमा दिए । उनले मैथिलीका महाकवि विद्यापति मिथिलाका मात्रै नभई सम्पूर्ण देशका महाकवि रहेको उल्लेख गर्दै विद्यापतिको शालिक नेपालको विभिन्‍न ठाउँमा आफ्नै कार्यकालमा निर्माण गर्ने प्रतिबद्धता जनाए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage