scheduleबिहिवार कार्तिक २८ गते, २०७६

धादिङको ग्रामिण सडकमा जिप दुर्घटना, २४ यात्रु घाइते (अपडेट)

धादिङ, १४ कात्तिक । धादिङको मलेखु भण्डारा सडक खण्डको तुनीखोलामा यात्रुवाहक जिप दुर्घटनाग्रस्त भएको छ । जिप दुर्घटनामा परी २४ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

बेनिघाट रोराङको ताल्तीबाट पृथ्वीराजमार्गको मलेखुतर्फ यात्रु लिएर आउँदै गरेको ग १ ज ३०११ नम्बरको बोलेरो जिप बिहीबार बिहान ९ बजे तिर गजुरी गाउँपालिका वडा नम्बर २ तुनीखोला नजिकै दुर्घटनाग्रस्त भएको हो ।

तिहार मानेर फर्किएका यात्रु लिएर गाउँबाट पृथ्वीराजमार्गतर्फ आईरहेको जिप सडकबाट ७० मिटर तल खोलामा खस्दा जिपमा यात्रारत २४ यात्रु घाइते भएका छन् । घटनास्थलमा अहिले प्रहरी, रेडक्रसकर्मी, स्वयंसेवक टोली र स्थानीयले घाईतेहरुको उद्धार गरि उपचारका लागि राजमार्ग सामुदायिक अस्पताल मलेखु पठाएका छन् ।

अपडेट समयः १२ः२१

घाइते भएकाको नाम

धादिङ गजुरी गाउँपालिका–२ बस्ने २३ वर्षीय अच्युत सिलवाल,

२५ वर्षीय भीमराज सिलवाल

धादिङ बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर २ छापडाँडा बस्ने नवराज घले

धादिङ गजुरी–२ बस्ने विवश सेढाई

धादिङ रोराङ गाउँपालिका वडा नम्बर २ ताल्ति बस्ने शान्तिमाया तामाङ

मकवानपुर मनहरी गाउँपालिका–३ बस्ने वर्ष २८ को सुनिल प्रजा

धादिङ बेनीघाट रोराङ–४ बस्ने नरेश कटुवाल

धादिङ गजुरी गाउँपालिका–३ बस्ने दिनेश तामाङ

धादिङ रोराङ गाउँपालिका वडा नम्बर २ छापडाँडा बस्ने सरस्वती रेग्मी

धादिङ छापडाँडा बस्ने अप्सरा बस्नेत

धादिङ गजुरी गाउँपालिका–३ बस्ने रस्मिता चेपाङ

धादिङ गजुरी गाउँपालिका बस्ने कोपिला चेपाङ

धादिङ गजुरी गाउँपालिका बस्ने सन्तोष अधिकारी

डोटी बढिकेटार गाउँपालिका–२ बस्ने दिपक मास्कि मगर

धादिङ गजुरी गाउँपालिका–३ बस्ने वीरबहादुर रुम्बा तामाङ

धादिङ गजुरी गाउँपालिका–२ डुडेठाटी बस्ने बिक्रम चेपाङ

धादिङ बेनीघाट रोराङ गाउँपालिका–४ गलिङडाँडा बस्ने वर्ष १७ को सुमन तामाङ

धादिङ रोराङ गाउँपालिका वडा नम्बर २ छापडाँडा बस्ने सविन सिलवाल

धादिङ रोराङ गाउँपालिका वडा नम्बर ४ बस्ने रेनुका घले

गोरखा सिरानचोक गाउँपालिका–३ बस्ने सबिरा मियाँ

गोरखा सिरानचोक गाउँपालिका–३ बस्ने वर्ष ५ को सादित मियाँ

धादिङ गजुरी गाउँपालिका–४ बस्ने सरस्वती घले

धादिङ गजुरी गाउँपालिका–२ बस्ने दीपक तामाङ

धादिङ गजुरी गाउँपालिका–२ बस्ने बिक्रम चेपाङ

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage