scheduleमगलवार कार्तिक २६ गते, २०७६

ट्विटरले राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध लगाउने

एजेन्सी, १४ कात्तिक । सामाजिक सञ्जाल ट्विटरले सबै खालका राजनीतिक विज्ञापनमाथि प्रवितबन्ध लगाउने भएको छ ।

ट्विटरले नोभेम्बर महिनादेखि राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध लगाउने भएको हो । आफूलाई राजनीतिक विज्ञापनको माध्यम बन्न नदिने भन्दै ट्विटरले नयाँ नीति ल्याएको हो ।

ट्विटरका कार्यकारी अधिकृत ज्याक डोर्सीले इन्टरनेटमार्फत् गरिने विज्ञापन निकै प्रभावकारी हुने र व्यापारका लागि यस्तो विज्ञापन ठीक भएपनि राजनीतिमा यसले ठूलो जोखिम ल्याउने बताएका छन् ।

तर फेसबुकले भने राजनीतिक विज्ञापनलाई बन्द नगर्ने घोषणा गरिसकेको छ । ट्विटरमा राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध लगाउने समाचार बाहिर आएसँगै यसले अमेरिकी राजनीतिमा नयाँ तरङ्ग ल्याइदिएको छ । राजनीतिज्ञ र आम मानिस यसको पक्ष र विपक्षमा देखिएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage