scheduleबिहिवार कार्तिक २८ गते, २०७६

कपिलवस्तुमा गोली लागेर स्थानीयको मृत्यु, तनाव घटाउन कर्फ्यु


कपिलवस्तु, १४ कात्तिक । कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा कर्फ्यू तोड्न खोज्दा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ। मृत्यू हुनेमा स्थानीय सुरज कुमार पाण्ड रहेका छन् । उनको प्रहरीले चलाएको गोली लागेर घटनास्थलमै मृत्यु भएको हो ।

लक्ष्मी पूजाको मूर्ति बिर्सजनको विषयमा दुई पक्षबीच झडप भएर तनाव बढेसँगै जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको थियो । स्थानीयले कर्फ्यू तोड्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।

गोली लागेर स्थानीयको मृत्यू भएको बारे प्रशासनले कुनै प्रतिक्रिया दिएको छैन ।

जिल्ला प्रशासन कार्यालयले कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर, पश्चिम तर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रमा बिहान ११ बजेदेखि लागू हुनेगरी कर्फ्यू लगाएको सूचना जारी गरेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage