scheduleबुधवार कार्तिक २७ गते, २०७६

बलात्कारीको लिङ्ग टोकेर भाग्न सफल एक साहसी महिलाको बयान

एजेन्सी, १४ कात्तिक । संसारमा घटेका कैयौं घटनाले कोही मानिसहरु यौन दुर्व्यवहारको आदतमा फसेका हुन्छन् भन्ने देखाउँछ । पेशेवर बलात्कारीको शिकारमा परेका कैयौं महिलाहरु आफूले भोगेको पीडाबारे खुलेर कुरा गर्न सक्दैनन् । तर कतिपय महिलाहरु भने बहादुरी देखाएर बलत्कारीबाट फुत्कन सफल हुन्छन् र सम्बन्धित निकायमा उजुरी दिन पुग्छन् ।

यतिबेला खुङ्खार बलत्कारीबाट बँच्नका लागि एक महिलाले देखाएको साहस र बहादुरीबारे विश्वभर चर्चा भइरहेको छ । यौन दुर्व्यवहारी र बलत्कारीको पञ्जाबाट फुत्कन सफल ती महिला नेपालकी भने होइनन् । उनी अमेरिकाको साउथ क्यारोलिनाकी बासिन्दा हुन् ।

ती साहसी महिलाको नाम भने अमेरिकी प्रहरीले सार्वजनिक गरेको छैन । तर उनका पीडकको नाम भने सार्वजनिक गरिएको छ ।

६१ वर्षीय डेनिस स्लाटन नामक अपराधीको पञ्जाबाट ती पीडित महिला भाग्ग सफल भएकी थिइन् । स्लाटन अपराधिक मानसिकता बोकेका व्यक्ति हुन् भन्ने उनी पटक-पटक जेलमा परेको कुराले प्रस्ट हुन्छ ।

जबर्जस्ती अप्राकृतिक यौन सम्पर्क राखेको र विभिन्न महिलामाथि बलत्कारको प्रयास गरेकासहितका विभिन्न आरोपमा पटक-पटक जेल जाँदै गरेका व्यक्ति हुन्, स्लाटन । जेल पर्दै धरौटीमा छुटेका उनले आफूमाथि लागेका सबै आरोपको भने खण्डन गर्दै आएका छन् । आफू सामान्य मानिस नै भएको उनको ठोकुवा छ ।

स्लाटनले यौन दुर्व्यवहारको पछिल्लो घटनामा समेत आफू निर्दोष रहेको बताएका छन् । तर एक अनुसन्धान प्रतिवेदन अनुसार विगत ४० वर्षदेखि उनी विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएको देखाउँछ ।

हाल धरौटीमा रिहा भएका स्लाटोनमाथिको अनुसन्धान जारी नै छ । प्रारम्भिक अनुसन्धानबाट विशेषगरी उनी गत ४० वर्षदेखि यौनजन्य विभिन्न अपराधमा संलग्न रहेको देखिएको छ ।

हेर्दा भद्र र नम्र देखिने स्लाटनभित्र कति खतरनाक अपराधी लुकेको रहेछ भन्ने कुरा पछिल्लो पटक उनको शिकार बन्न पुगेको पीडित महिलाले दिएको बयानबाट समेत पुष्टि हुन्छ ।

स्लाटनको पञ्जाबाट यसरी भाग्न सफल भएको थिइन पीडित महिला 

अनुसन्धान प्रतिवेदन अनुसार स्लाटनले गत अगस्टमा साउथ क्यारोलिनाको ग्रिनभिलमा ती महिलालाई आफ्नो शिकार बनाउन खोजेका थिए । स्लाटनले आफूमाथि यौन दुर्व्यवहार र बलत्कारको प्रयास गरेको भनेर पीडित महिलाले बयान दिइसकेकी छन् ।

प्रतिवेदन अनुसार स्लाटन र पीडित महिलाबीच अनलाइनमार्फत् चिनजान भएको थियो । पीडित महिलाका अनुसार अगस्ट ८ मा स्लाटनले आफूलाई लिन आएको प्रहरीसमक्ष बयान दिएकी छन् । स्लाटनले पिकअप ट्रक लिएर आएका थिए ।

पीडित महिलाले स्लाटनको ट्रक देख्नेबित्तिकै उनी नजिक गएको र ट्रकमा चढेको कुरा प्रहरीलाई बताएकी छन् । ट्रकभित्र चढ्नेबित्तिकै ‘केही कुरा गडबड छ’ भन्ने आफूलाई लागेको उनको बयान छ । उनले गडबडी देखेपछि स्लाटनलाई वुडल्याण्ड एभेन्युमा ओरालिदिन समेत अनुरोध गरेकी थिइन् ।

ट्रकमा चढेबापत् स्लाटनलाई ५ डलर समेत दिने भनेकी थिइन् । ५ डलर दिने भनेपछि स्लाटनले पनि ‘ओके’ भनेका थिए ।

तर ट्रक कुद्न थालेको केही सेकेण्डमा नै स्लाटनले चक्कु निकालेर पीडित महिलाको घाँटीमा तेर्साएका थिए । सुरुमा उनले ती महिलालाई ‘५ डलर होइन, ३ सय डलर दे’ भनेर धम्काएका थिए ।

डेनिस स्लाटन

स्लाटनले पीडित महिलालाई चक्कु देखाएर धम्क्याउँदै के ड्राइभस्थित आफ्नो घरमा लगेका थिए । घरमा लगेपछि उनले महिलामाथि भौतिक आक्रमणसहित यौन दुर्व्यवहार समेत गरेका थिए । पीडित महिलाले प्रतिवाद गर्न थालेपछि मार्ने धम्की समेत दिएका थिए ।

तर स्लाटनले मार्ने धम्की दिएपछि पनि पीडित महिलाले प्रतिवाद गर्न भने छोडिनन् । उनी उल्टो स्लाटनमाथि जाइ लागिन् । भिडन्तको क्रममा पीडित महिलाले स्लाटोनको लिङ्ग टोकिदिएकी थिइन् । पीडित महिलाको टोकाइबाट स्लाटनको लिङ्ग दुई टुक्रा समेत भएको थियो ।

स्लाटनले भने पीडित महिलामाथि सकी नसकी चक्कु प्रहार गरिरहेका थिए । यसै क्रममा पीडित महिलाले चक्कु समाउन सफल बनेकी थिइन् । चक्कु आफ्नो हातमा आएपछि उनले स्लाटनको नितम्बमा प्रहार गरिन् । लगत्तै उनी स्लाटनको पञ्जाबाट फुत्कन सफल भइन् । तर घरबाट बाहिर निस्कने क्रममा समेत स्लाटनले ती महिलालाई पछ्याइरहेका थिए ।

अन्त्यमा निकै साहसपूर्वक घरबाट निस्केर कुख्यात अपराधीको पञ्जाबाट फुत्कन सफल भइन् । घरबाट बाहिर निस्कनेबित्तिकै उनले स्लाटनका छिमेकीसँग गुहार समेत मागेको प्रहरीले जनाएको छ ।

स्लाटनको घरबाट निस्कँदा पीडित महिलाको शरीर रगताम्य थियो । उनको शरीर नाङ्गै थियो । हारगुहार र सहयोगको याचना गरेपछि वरपरका कसैले पनि उनको आवाज सुनेनन् । उनी गुहार माग्दै घरघरै ढोका ढकढक्याउँदै हिडेकी थिइन् । तर कसैले ढोका खोलेनन् ।

कसैले पनि ढोका नखोलेपछि उनी रुँदै र कराउँदै साउथ क्यारोलिना कै वाफल हाउस नामक रेष्टुरेन्ट पुगेकी थिइन् । रेष्टुरेन्टका कर्मचारीले उनलाई देख्ने बित्तिकै लगाउने कपडा दिएका थिए । लगत्तै कर्मचारीले प्रहरीलाई सम्पर्क गरेर पीडित महिलाको उद्वार गरे ।

प्रहरी घटनापछि स्लाटनको घरमा समेत पुगेको थियो । उनी समेत रगताम्य थिए । घरभित्र रगतै रगत थियो । लगत्तै घाइते स्लाटनलाई अस्पताल पुर्‍याइयो । उपचारका क्रममा उनको सर्जरी गरिएको थियो ।

‘साह्रै नराम्रो र दुःखदायी घटना भयो’ भनेर स्लाटोनले हालै डब्लुएसपिएसँग कुरा गर्दै भनेका थिए ।

घटना भएको १ महिनापछि स्लाटनमाथि यौन दुर्व्यवहार र अपहरणको सामान्य मुद्दा लगाइएको थियो । उनी ७५ हजार डलर धरौटीमा रिहा भएका थिए ।

तर प्रहरीले उनलाई अक्टोबर १० मा रक्सी खाएर ट्रक चलाएको आरोपमा पुनः पक्राउ गरेको थियो । फेरि पनि उनी धरौटी तिरेर रिहा भएका थिए ।

हाल स्लाटनको पञ्जाबाट उम्किन देखाएको साहस र बहादुरीबाट विश्व प्रभावित मात्रै बनेको छैन । अमेरिका जस्तो विकसित मुलुकमा समेत यस्तो घटना घट्ने रहेछ भनेर सबै अचम्मित समेत बनेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage