scheduleशनिवार कार्तिक ३० गते, २०७६

ओखलढुंगामा ‘पोकली झरना महोत्सव’ हुने

काठमाडौं, १४ कात्तिक । ओखलढुंगाको पोकली झरनास्थलमा महोत्सव आयोजना हुने भएको छ ।

पोकली झरना सेवा समाजले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो झरनाको सौन्दर्य र महत्वलाई विश्वभर पुर्‍याउने उद्देश्यका साथ आगामी कार्तिक १६ र १७ गते ‘पोखली झरना महोत्सव’ आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ का लागि सूचिकृत गरेको सूचिमा नेपालकै दोस्रो उचाईमा रहेको सो झरनालाई पनि समावेश गरिएको छ । ओखलढुंगाको मात्रै नभएर नेपालकै पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षासहित सो झरना स्थलमा महोत्सव आयोजना गर्न लागिएको समाजका महासचिव शम्भु बरालले जानकारी दिए ।

बृहत सांस्कृतिक कार्यक्रमसहित आयोजना हुने महोत्सवमा सो झरनाको सौन्दर्य लिनुका साथै स्थानीय उत्पादनहरुको पनि प्रर्दशनी हुने समाजले जनाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage