scheduleशनिवार कार्तिक ३० गते, २०७६

माइतीबाट फर्केको दिनमा नै श्रीमतिको विभत्स हत्या

धरान, १४ कात्तिक । सुनसरीको धरान उपमहानगरपालिकामा श्रीमानले श्रीमतिको विभत्स हत्या गरेका छन् ।

धरान उपमहानगरपालिका–१५ खोरियाबस्ती बस्ने ३१ वर्षीय अर्जुन राईले ढुङ्गा प्रहारी गरी २३ वर्षीया श्रीमती जीना राईको विभत्स हत्या गरेका हुन् ।

अर्जुनले जीना माइतबाट आएकै दिन बुधबार साँझ ८ बजेतिर हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमानसँग घरायसी मनमुटाव भएपछि जीना एक महिनाअघि माइत गएकी थिइन् । अर्जुनले तिहारको भाइटीका सकिएपछि जीनालाई बुधबार मात्रै सम्झाईबुझाई घर ल्याएका थिए ।

बुधबार राति समेत जीना र अर्जुनबीच घरायसी झगडा भएको थियो । सोही क्रममा अर्जुनले जीनाको हत्या गरेका हुन् । उनले निर्माणधीन सेउती खोलाको पुल नजिकै लगेर श्रीमती जीनाको टाउकोमा ढुङ्गाले हानेर विभत्स हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ

प्रहरीका अनुसार घर आइसकेपछि साँझ जीनाले माइतबाट ल्याएको कोसेली मिलर दुवै जनाले खाएका थिए । जीनाले श्रीमानलाई रक्सी समेत किनेर ल्याएर खान दिएको पाइएको छ । खाइसकेपछि दुवैजना सहमतिमा एकछिन घरनजिकैको सेउती खोला पुलतर्फ लागेका थिए ।

एक महिनापछि भेट भएका उनीहरुबीच बाहिर निस्केर पुल पुग्ने बित्तिकै फेरि विवाद भएको थियो । विवाद हुन थालेपछि अर्जुनले एक्कासी ढुङ्गा प्रहार गरेर जीनाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘अरु केटासँग लागेको शंका लागेपछि बेला–बेला विवाद भने हुने गरेको थियो’, अर्जुनले प्रहरीलाई बताएका छन्, ‘त्यही झोकमा आएर हत्या गरेको हुँ ।’

श्रीमतीको हत्यापछि शव पुलमै छाडेर अर्जुन भागेका थिए । पक्राउ पर्ने डरले बाझगरा सामुदायिक वन नजिक रहेको सेउती खोलाको अर्को पुलमुनि लुकी बसेको अवस्थामा ११ः२५ बजे अर्जुनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका राईमाथि कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अर्जुन र जीनाको ०७० सालमा विहे भएको थियो । प्रेम सम्बन्धमा फँसेपछि दुबै जनाले भागी विवाह गरेका थिए । जीना ६ वर्षीया छोरीकी आमा समेत हुन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage