scheduleसोमवार आश्विन १२ गते, २०७७

पाहुना टोली एमसीसीसँग भिड्न नेपालको तीन टोली घोषणा


काठमाडौं, १४ कात्तिक । नेपाल भ्रमणमा रहने मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग प्रतिष्पर्धा गर्न छुट्टाछुट्टै क्रिकेट खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा क्रिकेट तीनवटै फर्म्याटको टोली घोषणा गरेको हो । एक दिवसीय, टी–२० र तीन दिवसीय क्रिकेट खेलका लागि तीनवटै टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गरेका छन् ।

२३ खेलाडीहरुले तीनवटा फर्म्याटमा खेल्ने प्रतिष्पर्धामा पारस खड्काले भने ५० ओभरको खेल मात्र खेल्नेछन् । एमसीसीले नेपालमा कार्तिक १७ गतेदेखि ६ वटा छुट्टाछुट्टै प्रतियोगिता खेल्ने छ । २३ खेलाडीमध्ये तीनवटै फर्म्याटमा भने कप्तान ज्ञानेन्द्र मल्ल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, ललित राजवंशी, सन्दिप लामिछाने, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरी अटाएका छन् ।

टी–२० खेल्ने खेलाडीमा कप्तान ज्ञानेन्द्रसहित आरिफ शेख, अमित श्रेष्ठ, अविनाश बोहोरा, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल भुर्तेल, ललित राजवंशी, पवन शर्राफ, सन्दीप जोरा, सन्दीप लामिछाने, सोमपाल कामी र सुसन भारी छन् ।

यसैगरी ५० ओभरको खेलका लागि ज्ञानेन्द्रसहित आरिफ शेख, बसन्त रेग्मी, विक्रम शोब, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, इशान पाण्डे, करण केसी, ललित राजवंशी, पारस खड्का, रोहित पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी छन् ।

तीन दिवसीय क्रिकेटका लागि ज्ञानेन्द्रसहित आरिफ शेख, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल्, जितेन्द्र मुखिया, करण केसी, ललित राजवंशी, पवन शर्राफ, राजु रिजाल, रोहित पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय