scheduleसोमवार मंसिर २ गते, २०७६

आसन्न बेलायती आमनिर्वाचनः कस्तो होला ? के आशा गर्ने ?

क्रिस स्टान्डफोर्ड

आगामी डिसेम्बर १२ संयुक्त अधिराज्यमा आमनिर्वाचन हुँदैछ । तल्लो सदन हाउस आफ कमन्सले आमनिर्वाचनको प्रस्ताव पारित गरिसकेको छ । यो प्रस्ताव माथिल्लो सदन हाउस अफ लर्डले पनि पारित गर्नुपर्दछ तर, उसले प्रस्ताव अस्वीकार गर्ने सम्भावना देखिन्न । प्रस्तावमाथि छलफल र मतदान हुँदै गर्ला तर माथिल्लो सदन यो प्रस्तावका पक्षमा हुने लगभग निश्चित छ ।

प्रारम्भमा टोरी प्रधानमन्त्री बोरिस जोहन्सन तुरुन्तै नयाँ निर्वाचनको पक्षमा थिएनन् । तर, उनले साहसिक मोड लिए र आमनिर्वाचनका लागि विपक्षी दल लेवर र त्यसका नेता जेरेमी कोर्बिनलाई समेत सहमत गराए । उनले यो मोड ब्रेक्जिट योजनामा संसदको बहुमत जुटाउन असफल भएपछि लिएका थिए । उनले यो निर्वाचनमार्फत् सन् २०२० को जनवरी ३१ सम्म ब्रेक्जिट प्रक्रिया पुरा गर्ने र त्यसका लागि संसदमा बहुमत हासिल गर्ने इच्छा राखेका छन् । उनको आशा छ कि आमनिर्वाचनले उनलाई ब्रेक्जिट प्रस्ताव अनुमोदन गर्ने बहुमत दिनेछ ।

बोरिस जोहन्सन प्रधानमन्त्री भएदेखि नै लेबर नेता जेरेमी कोर्बिनले नयाँ आम चुनावको माग गरिरहेका थिए । तर, कोर्बिनले आफ्नो बोली फेरे । उनले प्रस्तावमाथिको मतदानलाई त्यतिन्जेलसम्म रोके जबसम्म आश्वस्त भएनन् कि युरोपियन युनियनसँग बिना वार्ता चुनाव अगाडि नै एक पक्षीयरुपमा निस्कने निर्णय सरकारले गर्नेछैन । जोहन्सनको ब्रेक्जिट प्रस्ताव संक्रमणकालका लागि उपयुक्त छैन भन्ने लेवरको मत रहँदै आएको छ ।

लेवरले यो निर्वाचनलाई एक अवसरका रुपमा लिएको छ । कोर्बिन भन्छन्– लेवर चुनावमा जान मात्र हैन, चुनाव जित्न, लेवर सरकार बनाउन र देशलाई उपयुक्त निकास दिन प्रतिबद्ध छ । तर, जोहन्सनले लेवरको ब्रेक्जिट ढिला गर्ने नीतिको अर्थ नबुझेका हैनन् । तर, निर्वाचनले लेवरको राजनीतिक स्वार्थलाई अनुमोदन गर्ला भन्ने विश्वास बोरिसको मनमा छैन ।

धेरैले कोर्बिन रणनीतिलाई बहाना मात्र ठानेका छन् । विधायकी प्रक्रियामा असफल हुँदाहुँदै पनि जोहन्सन र उनको टिसंग बलियो न्यारेटिभ–नियन्त्रण गर्ने राम्रो क्षमता छ । लेवरमाथि उनीहरुको आलोचनाले कोर्बिनलाई पराक्रम गर्ने थोरै ठाउँ छोड्न समेत मुश्किल छ । यस अर्थमा विपक्षी दलले यो निर्वाचनलाई निक्कै ठूलो जोखिमको दाउमा हालेको छ । अर्कोतर्फ सन् २०१० को निर्वाचन यता निरन्तर सार्वजनिक खर्च कटौती गर्दै आएको सत्तारुढ दलमाथि चुनौति बढाउने सम्भावना पनि छ ।
कोर्बिन युरोपियन युनियनबाट बेलायतको बर्हिगमनबारे स्थिर, गतिलो र विश्वासनीय तर्क दिन सर्वथा असमर्थ रहँदै आएका छन् । उनका उत्तम अभिव्यक्तिहरु ब्रेक्जिटभन्दा अन्य नीतिगत बिषयमा केन्द्रित रहने गरेका छन् । यो कुरालाई ध्यानमा राख्दै उनले ‘मुठीभरका लागि हैन, बहुसंख्यकका लागि’ राम्रो सरकार र शासन दिने वचनसहित ‘बलियो क्रान्तिकारी’ अभियान प्रारम्भ गरिसकेका छन । लेवर यो भन्दैछ कि जोहन्सन उनले बाचा गरे बमोजिम बेलायतलाई इयुबाट निकाल्न असमर्थ भएको छ । अबको निर्वाचनमा यो मुद्दालाई महत्व दिन जरुरी छैन । बरु उनीहरुले यो कुरामा जोड दिएर चर्चा गर्ने छन कि कसरी जोहन्सनको ब्रेक्जिट प्रस्तावमा सर्वसाधारणमा लागि अहित हुने कुरा छन् ।

लिवरल डेमोक्र्याट्स र एसएनपीजस्ता साना पार्टीहरु भने यो निर्वाचनमा निक्कै सुरक्षित देखिन्छन् । किनकी उनीहरुले निरन्तर ब्रेक्जिट विरोधी धारणा राख्दै आएका छन् । उनीहरुको तर्क यो छ कि यो निर्वाचनले ब्रेक्जिटलाई झनै सहज हुने अवस्थासम्म पुर्‍याउने संसद फिर्ता ल्याउने छ वा दोस्रो चरणको जनमत संग्रहलाई सम्भव बनाउने छ । कतिपयले संसदको निर्वाचन र दोस्रो चरणको निर्वाचन एकसाथ गर्न सकिने धारणा समेत राखेका छन्, यद्यपि, यो निक्कै जोखिमपूर्ण रणनीति हो ।

युरोपेली संसदको निर्वाचनमा लिवरल डेमोक्र्याक्टसको प्रदर्शन निक्कै राम्रो हो तर, कुनै टुंगो छैन कि यो आमनिर्वाचन उनीहरुका लागि त्यतिकै राम्रो हुनेछ । लिवरल डमोक्र्याट्स बहुमतको बलियो सपनाका बाबजुद उनका लागि अरु पार्टीहरुसँग गठबन्धन गर्नु वा मिलेर ब्रेक्जिट संकथनमाथि नियन्त्रण हासिल गर्नु उचित बाटो हुन सक्दछ । यस्तो गर्नु लेवर पार्टीका लागि पनि राम्रो हुन सक्दछ । किनकी दुवै पार्टीले टाढिएका आफ्ना मतदातालाई यो उपायबाट नजिक ल्याउन सक्दछन् ।

जताबाट जसरी हेरे पनि यो निर्वाचन सबैका लागि जुवाको खालजस्तो हुनेछ । यदि उनी साँच्चै चाहन्छन् भने जोहन्सनलाई ‘ब्रेक्जिट राम्रो गरी पूरा गर्न’ बहुमत चाहिएको छ । निर्वाचन अभियानको प्रारम्भ उनका लागि अनुकुल देखिए पनि मतदाताको मुड सधैं उस्तै रहन्छ भन्ने छैन । निर्वाचन अभियानका क्रममा धेरै कुराहरु बद्लिन सक्दछन् ।

टोरी विजयको सानो संकेतले पनि विपक्षी दलहरु गठबन्धनका लागि तयार हुन सक्दछन् र यस्तो स्थिति कन्जर्भेटिभ समर्थकका लागि निरासाजनक हुन सक्दछ । टोरीसँग धेरै कम सम्भाव्य साथीहरु छन् कि उनीहरुले पनि यस्तै रणनीति अख्तियार गरुन् । आजका मितिमा बेलायती राजनीतिमा त्यस्ता साना दल देखिन्न जसले कन्जर्भेटिभसँग गठबन्धन गर्ने रुचि राखून् । यति हुँदाहँदै पनि यदि विपक्षी दलहरुले राम्रो सीट ल्याउन सकेनन् भने उनीहरुसँग जोहन्सनलाई रोक्ने वा ब्रेक्जिटलाई अघि बढ्न नदिने कुनै सामर्थ्य रहने छैन ।

द कन्भर्जेसनबाट

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage