scheduleसोमवार मंसिर २ गते, २०७६

आफैंले पालेको अजिङ्गरले ज्यान लियो

एजेन्सी, १५ कात्तिक । अमेरिकाको इन्डियाना राज्यमा आफैले पालेको अजिङ्गरका कारण एक महिलाको ज्यान गएको छ ।

प्रहरीका अनुसार ३६ वर्षीया लौरा हर्स्ट बुधबार १४० वटा सरिसृप राखिएको एक घरभित्र मृत फेला परेकी हुन् । हर्स्टको घाँटीमा ८ फिट लामो अजिङ्गर बेरिएको थियो ।

अजिङ्गरले घाँटी थिचेपछि उनको मृत्य भएको हुन सक्ने प्रहरीले जनाएको छ । अजिङ्गर घाँटीमा बेरिएपछि सास फेर्न नसकेर उनको मृत्य भएको आशंका गरिएको हो ।

इन्डियाना राज्यको ब्याटल ग्राउण्डस्थित विभिन्न जातका सर्प राखिएको एक घरमा हर्स्ट मृत फेला परेकी थिइन् । उक्त घर काउन्टी शेरिफ डन मुनसनको रहेको र त्यहाँ झण्डै १४० वटा सरिसृप राखिएको छ । त्यसमध्ये २० वटा सरिसृप हर्स्टले नै संकलन गरेको प्रहरीले जनाएको छ ।

हर्स्ट हप्ताको २ दिन उक्त घरमा आउने गरेको समेत प्रहरीले जनाएको छ ।

बुधबार राति समेत उनी उक्त घरमा गएकी थिइन् । केही समयपछि उनी घरभित्र मृत फेला गरेकी हुन् । उनको घाँटी वरपर ८ फीट लामो अजिङ्गर बेरिएको थियो ।

भुँइमा लडिरहेकी हर्स्टको घाँटीबाट एकजना व्यक्तिले अजिङ्गर निकालेका थिए । चिकित्सकहरुले उनलाई बचाउने प्रयास गरेका थिए । तर उनलाई बचाउने प्रयास असफल भएको थियो । शवको पोष्टमार्टम गरेपछि मात्रै मृत्युको कारण पत्ता लाग्ने प्रहरीले बताएको छ ।

मृतक हर्स्ट २ जना सन्तानकी आमा समेत हुन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage