scheduleशनिवार कार्तिक ३० गते, २०७६

जौवारीका नागरिकको दुःख : बसाइ नेपालमा, दैनिकी भारतमा

झापा, १५ कात्तिक ।  भारतसँग सीमाना जोडिएको इलामको माइजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिका क्षेत्रमा पर्ने जौवारी क्षेत्रका स्थानीयको बसोबास नेपालमा छ । तर उनीहरुको दैनिकी भारतको बजारमा निर्भर छ ।

इलामको जौवारी क्षेत्रमा बसोबास गर्ने नेपालीलाई भारत तर्फको बजारमा निर्भर हुनु परेको छ । नेपाल तर्फ यातायातको असुविधाका कारण जौवारी क्षेत्रका स्थानीय दैनिक उपभोग्य सामग्रीदेखि स्वास्थ्य उपचार र अध्ययनका लागिसमेत सीमावर्ती भारतका बजारहरुमा जाने गर्छन् । जौवारीका स्थानीय निम्लाबु बस्नेत गाडीको असुविधाका कारण औषधि उपचारदेखि नुन तेलसम्मका लागि भारत जानुपर्ने बाध्यता रहेको बताउछन् ।

नेपालमा जग्गा राम्रो भएपनि सुविधा भने केही नभएको उनि बताउछन् । नेपालतर्फ सडकको सुविधा छैन । जौबारीमा करिब एकसय ५० जनसङ्ख्या छ । तर एउटा स्वास्थ्य चौकी पनि छैन । जौवारीका स्थानीयलाई इलाम बजार पुग्नुभन्दा सिमावर्ती भारतका बजारहरु मानेभञ्जाङ, सुकिया, सिमाना जस्ता ठाउँमा जान पायक पर्छ ।

बिरामी हुँदा भारतिय अस्पताल जानुपर्ने बाध्यताले खर्च पनि धेरै लाग्ने स्थानीयको गुनासो छ । स्थानीय कुमार बस्नेत आर्थिक अवस्था कमजोर भएका नागरिकको बसोबार रहेकाले महङ्गो रकम तिरर उपचारका लागि जान समस्या हुने बताउछन् । जौवारीमा भएको प्राथमिक विद्यालयमा नियमित पढाइ हुँदैन । नजिकैको नयाँ बजारमा रहेको विद्यालयसम्म पुग्न यातायातको सुविधा छैन ।

स्थानीय पासाङ शेर्पा, बालबालिकाहरुको पढाइ पनि भारतमा निर्भर हुने गरेको बताउछन् । माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँ बजारसम्म सडकको सुविधा पुगेको छ । जौवारीका नागरिकले सडक, विद्यालय, स्वास्थ्य चौकी र आधारभूत संरचनाको व्यवस्था गरिदिन स्थानीय सरकारसँग आग्रह गरेका छन् ।

माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई स्थानीय सरकार गठन भएपछि भारतको परनिर्भरता कम गर्ने प्रयास शुरु भएको बताउछन् । नेपाली नागरिक भएर दैनिक जीवनमा भारतको भर पर्नुपर्ने अवस्थाको अन्त्य गरिदिन जौवारी क्षेत्रका नागरिकले सरकारसँग विशेष आग्रह गरेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage